विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न

१५ फेब्रुअरी २०२१,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा दक्षिण यु.के. सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को नवौं शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो I

हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा दक्षिण युकेसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्ने मूल उदेश्य लिई नेपाली भाषा चिनाउन लागिपरेको छ विश्व नेपाली साहित्य महासङ्घ I विभिन्न देशमा स्थापित आफ्ना शाखासँग साहित्यिक यात्रा गरिरहेको विनेसाम केन्द्रले यसपटक शाखा दक्षिण युकेसँग सिर्जना वाचन कार्यक्रम गरेको हो I

विशेष केन्द्र र शाखा बिचको सम्बन्धलाइ अझ साहित्यिक मजबुत, बलियो बनाउन सुरुवात भएको यो सिर्जना वाचन कार्यक्रम निकै प्रभावकरी बनेको छ I विनेसाम शाखा दक्षिण युकेका कोषाध्यक्ष मुक्तककार सेमन्त राईको सुन्दर मुक्तक सँगै सुरु भएको वाचन शृंखला निकै साहित्यमय बनेको थियो माहोल I प्रत्यक्ष उपस्थित केन्द्र र शाखाका पदाधिकारीज्यूहरुले मुक्तक, गजल, कविता , गीत आदि वाचन गर्नु भयो र दक्षिण युकेका अनुपस्थित पदाधिकारीज्यूहरुको सिर्जना प्रतिधि स्वरूप उपस्थित पदाधिकारीहरुले प्रस्तुत गर्नु भयो I यस सिर्जना वाचन कार्यक्रमलाई अझ फरक र विशेष बनाउन प्रत्यक्ष समिक्षा साथै विश्लेक्षण गर्ने परम्पराको थालनी गरिएको छ I यसपटकको समीक्षक केन्द्रीय उपाध्यक्ष सावित्रा लुँइटेल घिमिरेले गर्नु भयो भने विश्लेषक प्रा डा भिम खतिवडा हुनुहुन्थ्यो I

सुझाव तथा आग्रह : आगामी शृंखलामा केन्द्र र शाखाका सम्पूर्ण पदाधिकारीहरुको प्रत्यक्ष उपस्थिति हुन सक्नेगरी कार्यक्रम गर्न विनेसाम शाखा दक्षिण युके बाट आग्रह आयो भने आजको कार्यक्रमको विश्लेषक तथा केन्द्रीय सल्लाहकार प्रा डा भिम खतिवडाज्यूले पनि अग्रिम सल्लाह गरेर सबैको समय सहजमा कार्यक्रम गर्न सके सबैलाई सकिने लगायतका सुन्दर सुझाव सुझौअनु भयो I

केन्द्र र शाखा दक्षिण युकेको भव्य प्रस्तुति कार्यक्रम ” सिर्जना वाचन र विमर्श’ को
नवौं शृंखलामा प्रत्यक्ष उपस्थिति पदादिकारीज्यूहरु…

सल्लाहकार – प्रा डा भिम खतिवडा (धरान/नेपाल)
सल्लाहकर – डा मधु श्रेष्ठ (अमेरिका )

  • अध्यक्ष – सुरेन्द्र लिम्बू परदेशी (भारत)
  • बरिष्ठ उपाध्यक्ष – डा लेखनाथ काफ्ले (ताइवान)
  • उपाक्ष्य – सावित्रा लुइँटेल घिमिरे (इजरायल )
  • महासचिव – सुनिता राई कन्दङ्वा (इजरायल)
  • सहसचिव- भुवन रोका (जापान)

सदस्यज्यूहरु..

  • डा नाज सिंह (डेल्ली/भारत)
  • राहुल राई बोगिको (मणिपुर/भारत)
  • कल्पना पौडेल जिज्ञासु (नेपाल)

-शाखा युकेबाट..

  • सल्लाहकार – औतारी साइला
  • उपाध्यक्ष – थिर थापा
  • सचिव- अमित थेबे
  • कोषाध्यक्ष- सेमन्त राई

कार्यक्रमको अन्त्यमा प्रत्यक्ष उपस्थिति हुनु भएका केन्द्रीय तथा शाखाका पदाधिकारीज्यूहरु साथै आजको कार्यक्रमका समीक्षक सावित्रा लुइँटेल घिमिरे तथा विश्लेषक प्रा डा भिम खतिवडाज्यू साथै लाइभ हेर्नुहुने सम्स्तामा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले गर्नु भयो I