विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो

माघ २४,

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले भर्चुअल कार्यक्रम ‘देश देशावरको सिर्जना र दृष्टिकोणसहितको प्रस्तुति बिम्ब र विमर्श” भर्चुअल कार्यक्रमको पहिलो शृंखला भव्य रुपमा सम्पन्न गरेको छ I फेब्रुअरी २०२१ बाट सुरु गरिएको यस भर्चुअल कार्यक्रम हरेक महिनाको पहिलो शनिबार प्रस्तुत गरिने विनेसाम केन्द्रीय समितिले निर्णय गरेको छ I

आजको यस विशेष भर्चुअल कार्यक्रम ‘बिम्ब र विमर्श’ का अथितिद्वय गजल विधामा विद्यावारिधि गर्नु भएका पहिलो नेपाली गजलकार, समालोचक बरिष्ठ साहित्यकार डा घनश्याम परिश्रमीज्यू तथा सहप्राध्यापक विशेष समालोचक, कवि लेखिका ज्ञानु अधिकारिज्यूको उपस्तिथिमा कार्यक्रम अत्यन्त सुन्दर र रोचक बनेको थियो I कार्यक्रमको बिच-बिचमा अन्य सहभागीहरुलाई पनि सिर्जना वाचनकानिम्ति समेटिएको थियो I 

अतिथिज्यूहरुसँग वहाँहरु संलग्न विभिन्न विषय तथा विधाहरुलाई समेट्दै समसामयिक विषयहरूमा विमर्श तथा सिर्जना वाचन पनि गरिएको थियो । कार्यक्रममा महासङ्घका सल्लाहकार कृष्णप्रकाश श्रेष्ठ रसिया, सल्लाहकार प्रा डा भीम खतिवडा धरान, महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी भारत, वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले ताईवान, उपाध्यक्ष डेन्जोम साम्पाङ्ग अमेरिका, उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरे इजरायल,  महासचिव सुनिता राई कन्दङ्वा इजरायल, सहसचिव भुवन रोका जापान, अर्थसचिव के बी पौडेल नेपाल, केन्द्रीय सदस्य डा नाज सिंह दिल्ली, केन्द्रीय सदस्य कलपना पौडेल जिज्ञासु नेपाल,  सुरेन्द्र प्रसाई अध्यक्ष विनेसाम शाखा इजरायल, अमित थेबे सचिवं विनेसाम शाखा साउथ युके, कपिल विनेसाम शाखा ताइवान, कमला भण्डारी ढकाल आजीवन सदस्य, केशु पोखरेल आजीवन सदस्य लगायत अम्बिका थापा साइप्रस, नबिन यात्री इअजरायल, शंकर ढकाल भारत, जनक सुबेदी, पंकज चन्द, प्रकाश शर्मा साउदी, अनुपन नबिन नेपाल, मानानाधर अभागी नेपाल, सिन्धु पौडेल इजरायल साहित्यिक मनहरुको भव्य उपस्थिति रहेको थियो I विभिन्न शाखाका प्रतिनिधिहरू साथै महासङ्घ बाहिरबाट पनि थुप्रै साहित्यिक मनहरुको उपस्थिति रहेको थियो ।

‘बिम्ब र विमर्श’ कार्यक्रमलाई महासङ्घका उपाध्यक्षद्वय डेन्जोम साम्पाङ अमेरिका र सावित्रा लुइँटेल घिमिरे इजरायलले सञ्चालन गर्नु भएको थियो भने प्रविधिमा महासचिव सुनिता राई कन्दङ्वा रहनु भएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिज्यू लगायत उपस्थिति सम्पूर्णमा अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले  आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो I