विनेसाम केन्द्रले दुई नयाँ शाखा घोषणा र सिर्जना वाचन सम्पन्न गर्यो

२४ डिसेम्बर २०२०,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले २४ डिसेम्बर २०२० बिहिबार भर्चुअल कार्यक्रमको आयोजना गरि दुई नयाँ शाखाको घोषणा गर्नुका साथै सिर्जना वाचन भव्य रुपमा सम्पन्न गर्यो I

नेपाली साहित्यका विद्वान वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराइज्यू (नेपाल) को प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाज्यू (अमेरिका) साथै अतिथिद्वय नेपाली प्रतिभा प्रतिष्ठान बेलायतकी पुर्व अध्यक्ष दीपा लिम्बू राईज्यू (बेल्जियम) र साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीज्यू (नेपाल) लगायत नयाँ कार्य समितिका (नेपाल र अमेरिका) पधाधिकारीज्यूहरु र विभिन्न देशबाट उपस्थित केन्द्रीय पदाधिकारीज्यूहरुको प्रत्यक्ष उपस्थितिले आजको साहित्यिक कार्यक्रम अत्यन्तै विशेष बन्यो I

सँस्थाका सचिव डा मनमुर्ति भुर्तेलबाट स्वागत मन्तब्य भएपछी आजको कार्यक्रमको सभापति केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट दुई नयाँ कार्य समितिको विधिवत रुपमा घोषणा तथा नयाँ समितिका दुवै अध्यक्षलाई सपतग्रहण गराउनु भयो I यस पश्चात विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा प्रदेश न: १ कि नवनियुक्त अध्यक्ष मुना सिग्देलबाट आफ्नो प्रतिबद्धता सहित एक सुन्दर मुक्तक वाचन गर्नु भयो र यसैगरी विश्व नेपाली साहित्य महासङ्घ अमेरिका शाखाका नवनियुक्त अध्यक्ष यदुनाथ अधिकारीबाट पनि आफ्नो तर्फबाट प्रतिबद्धता जाहेर गर्दै सार्दुलविकृडीत मा रचित एक सुन्दर छन्दोबद्ध कविता प्रतुस्त गर्नु भयो I

नेपाली साहित्यमा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले पुर्याएको योगदान, सक्रिय साहित्यिक गतिविधिहरुको प्रसंसा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना तथा कार्य सफलताको कामना प्रकट गर्दै अतिथि साहित्यिक चौतारी नेपाली केन्द्रीय अध्यक्ष गीता भण्डारीले सुन्दर सिर्जना प्रस्तुतु गर्नु भयो र साथै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतकी निवर्तमान अध्यक्ष दीपा लिम्बू राईज्यूबाट विनेसाम केन्द्रीय समितिको साहित्यिक सक्रियताको प्रसंसा गर्दै नव गठित दुई शाखालाई शुभकामना व्यक्त गर्नु भयो I

पधारिकारीहरुबाट सिर्जना वाचन;
केन्द्रीय समितिबाट;- सहसचिव भुवन रोका (जापान), सदस्य डा नाज सिंह (डेल्ली/भारत) र सदस्य मोहनराज खनाल (म्यान्मा) गरि ३ जनाबाट सिर्जना प्रतुस्त भयो I
साथै, नयाँ शाखाबाट ;- विनेसाम शाखा नेपाल प्रदेश न: एक बाट सचिव सुमन मेवाहाङ् राई (पत्थरी नेपाल)ले गजल र विनेसाम अमेरिका शाखाबाट सदस्य-लिला अधिकारी (पातलो अन्तरे) ले गजल प्रस्तुतु गर्नु भयो I

विनेसाम केन्द्रीय समितिका सल्लाहकार अनुवादक वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठज्यू (मस्को/रसिया)बाट दुवै नयाँ कार्यसमितिलाई शुभकामना सुभेक्षा दिंदै, हामी सबै नेपालीको लागि उपहार स्वरूप नयाँ पुस्तक ”दुई राजधानी” मस्को र काठमाण्डौ नेपाली र रसियन दुवै भाषामा प्रकाशित भएको हर्ष साझा गर्नु भयो र साथै विनेसाम केन्द्रीय समितिले निकै राम्रो साहित्यिक कार्यहरु गरिरहेकोछ भन्दै नव गठित दुवै शाखालाई हार्दिक शुभकामना दिनुभयो I

त्यस्तै सल्लाहकार प्रा डा भिम खतिवडाज्यूबाट पनि घोषित दुवै नयाँ शाखालाई बधाई तथा शुभकामना सहित छोटो मन्तव्य राख्नु भयो I यस्तै संस्थापक पुर्व अध्यक्ष वर्तमान सल्लाहकार डा मधु माधुर्यज्यूले पनि शुभकामना व्यक्त गर्दै अहिले संस्थाले गर्दै गरेको साहित्यिक सक्रियता प्रति खुशी व्यक्त गर्दै प्रसंसा गर्नु भयो I

आजको साहित्यिक कार्यक्रमका विशिष्ट अतिथि नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व नेपाली साहित्यमा निरन्तर कलम चलाउनुहुने वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाज्यूबाट पनि शुभकामना सहित सुन्दर सिर्जनाको प्रस्तुतिका साथ विनेसाम केन्द्रको साहित्यिक सक्रिय गतिविधिहरुको प्रसंसा गर्दै भविष्यमा अझ उन्नति प्रगतिको कामना र नेपाली साहित्यको श्रीवृद्धिमा लागि रहनु होला भन्ने कामना व्यक्त गर्नु भयो I

विनेसाम विश्व केन्द्रीय समितिको आजको विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाली भाषा साहित्यका विशिष्ट विद्धन वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराइज्यूबाट विनेसाम शाखा दुई नयाँ कार्य समितिलाई शुभकामना दिंदै उत्तरआधुनिकताका सम्बन्धमा अत्यन्तै गहन कुराहरु प्रस्तुतु गर्नु भयो तथ्य सहित I अब पुराना विचारधारा, लेखन, सोंच, अध्ययन सिर्जना आदि बारे गहिरो रुपमा सोंच्ने घडी आइसकेको छ भन्दै अहिलेको लेखन/पठन, प्रस्तुति आदिमा अन्तर आएको निकै सोंचनीय मननीय विषयहरु राख्नु भयो I यो युग भर्चुअल युग हो, मान्छेले स्पेस र टाइमलाई माद्रो झैं डल्लो पारेर बेरेको छ भन्ने निकै उत्साहितपूर्ण प्रसङ्गले क्वान्टम अभियन्ता डा मधु माधुर्य श्रेष्ठज्यूले कुनै दिन यस वृहत विषयमा बहस गर्ने प्रस्ताव समेत राख्नु भयो I उत्तरआधुनिकता सम्बन्धि अचम्मित हुने खालका तथ्यहरुले हामीलाई चकित बनायो I यस्ता कुराहरु सुन्दा लग्यो कि हामी समय सँगै अघि बढ्न सकेका छौ त ? भन्ने प्रश्नले चसक्क चिमोट्यो I साहित्य महासागर हो यसको विभिन्न पाटो बाट मन्थन हुनु आबस्यक छ भन्दै प्रा डा गोविन्दराज भट्टराइज्यूले सबैको ध्यान खिच्नु भएको थियो I

कार्यक्रमको अन्त्यमा : आजको कार्यक्रमका सभापति संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीबाट निकै नै उत्साहपूर्वक उत्तरआधुनिकतासंग जोड्दै नयाँ विचार नव आयामको कुराहरु समेत राख्नु भयो I यो विज्ञान र प्रतिधिको उन्नतिले जन्माएको चुनौती, अवसर र खोज अनुसन्धान, पूर्वीय र पाश्चात्य दर्शन , म भन्नु र ‘म’ हुनुको भ्रम जस्ता अत्यन्त गहन कुराहरु राख्दै इलोन मस्कको मङ्गल ग्रहमा बस्ति बसाउने योजना, युसाकु माइजावाको डियर मून योजना, मान्छे अमर हुने अर्को बैज्ञानिकहरुको परियोजना ‘गिलागमेस’ परियोजना, समय यात्रा (टाइम ट्राभल) योजना आदि आदि बारे बोल्दै हामी कहाँ छौं ? भन्ने प्रश्न गर्न बाध्य बनाउने प्रस्तुतिका साथ आजको यस भर्चुअल साहित्यिक कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि प्रा डा गोविन्दराज भट्टराईज्यू , विशिष्ट अतिथि गोविन्द गिरि प्रेरणाज्यू , अतिथिद्वय गीता भण्डारी तथा दीपा लिम्बू राईज्यूमा विशेष आभार व्यक्त गर्दै नयाँ कार्य समितिका अध्यक्षद्वय मुना सिग्देल र यदुनाथ अधिकारी लगायत नयाँ कार्य समितिका पदाधिकारीहरु साथै केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारीहरु सबैसबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्राविधिक रुपमा सहयोग गर्नुहुने उपाध्यक्ष डेन्जोम साम्पाङ्ग (अमेरिका) , सचिव डा मनमुर्ति भुर्तेल (रसिया) , सहसचिव भुवन रोका (जापान) , कार्यक्रम संचालिका महासचिव सुनिता (इजरायल) लाई धन्यवाद दिंदै आजको यस विशेष कार्यक्रमका सभापति संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भयो I