बिनेसामले मनायो १५५ औँ मोतिजयन्ती

(भदौ ३-२०७७ तदनुसार १९ अगष्ट २०२०)

विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समितिले युवा कवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती अनलाइन जूमबाट भव्य कार्यक्रमको आयोजनागरी मनायो । नेपाली साहित्यकी चर्चित कवयित्री लेखिका साहित्यकार कुन्ता शर्माज्यूको प्रमुख आतिथ्य तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष प्रकाश पौडेलज्यूको विशेष आतिथ्यमा भव्यताकासाथ कार्यक्रम सम्पन्न भयो ।

संस्थाका बरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले ताइवानबाट स्वागत मन्तव्य राखे पश्चात् सल्लाहकार कृष्णप्रकाश श्रेष्ठज्यूले रसियाबाट मोतीराम समबन्धि मन्तव्य राख्नु भएको थियो । वहाँ विगत पाँच दशकदेखि रसियामा रही नेपाली भाषा/साहित्यको सेवामा समर्पित हुनुहुन्छ । दिल्लीबाट डा नाज सिंहको सुन्दर कविता वाचनसँगै सिर्जना वाचनको सिलसिला निरन्तर अघि बढ्यो । देश परदेशबाट उपस्थित रहेका यस मोति स्मृति कार्यक्रममा विभिन्न विधाका सिर्जनाहरू वाचनले भर्चुवल बिजुली सभा साँच्चै गुञ्जयमान भएको थियो ।

सल्लाहकार प्राध्यापक डा भीम खतिवडाज्यूले धरानबाट मोतीराम बारे निकै सुन्दर मन्तव्यका साथै मोतीराममा समर्पित गजल वाचन गरि मोति साँच्चै नेपाली साहित्यका मोति थिए भनि वहाँको अतुलनीय देनको कृतज्ञतापुर्वक प्रसंसा गर्नु भयो । त्यसैगरी आजको कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का अध्यक्ष प्रकाश पौडेलज्यूले जापानबाट छोटो मन्तव्य सहित गजल तथा हाइकु वाचन गरि कार्यक्रममा साहित्यिक उत्साह थप्नु भयो । थुप्रै स्रष्टाहरुको सिर्जना वाचनले समयको काँटा कहाँ दौड्दै छ पत्तै चलेन । मोतीराममा समर्पित आजको कार्यक्रमलाई निकै प्रसंसा गर्दै मोतिरामलाई विशेष रुपमा सम्झिँदै नेपालबाट प्रमुख अतिथि कुन्ता शर्माज्यूले गहन मन्तव्यकासाथै सुन्दर नारीवादी कविता पाठ गर्नु भयो ।

यसरी भर्चुअल्ली भएको १५५ औँ मोतिराम जन्मजयन्ती कार्यक्रममा थुप्रै देशबाट महासङ्घका पदाधिकारीहरु, शाखाका प्रतिनिधिहरू, आजीवन सदस्यज्यूहरुसाथै अन्य साहित्यिक मनहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

सिर्जना वाचन गर्नुहुने सर्जकज्यूहरू :
१- कृष्णप्रकाश श्रेष्ठ – कविता (रसिया, संस्थाका सल्लाहकार)
२- प्रा डा भिम खतिवडा – गजल (धरान/नेपाल, सँस्थाका सल्लाहकार)
३- डा नाज सिंह – कविता (दिल्ली/भारत)
४- भुवन रोका – गजल (जापान)
५- कल्पना पौडेल ‘जिज्ञासु’- मुक्तक (नेपाल)
६-सावित्रा लुइँटेल घिमिरे – गजल (इजरायल)
७- डा मनमुर्ति भुर्तेल – कविता (रसिया)
८- प्रकाश पौडेल – गजल,हाइकु (जापान)
९- थिर थापा – गीत (युके )
१०- रविन्द्र दिखुक्पा – गजल (जापान)
११- शंकर ढकाल – कविता (भारत)
१२- जानु काम्बाङ् लिम्बू – कविता (युके)
१३- सुरेन्द्र प्रसाई – कविता (इजरायल)
१४- बसु श्रेष्ठ – कविता – (नेपाल)
१५- प्रेम कटुवाल – गजल (कुवेत)
१६- मन्जु तिवारी – कविता (नेपाल)
१७- दीपक क्षेत्री – कविता ( इजरायल)
१८- देविका मग्राती राई – कविता (भारत)
१९- मोहनराज खनाल – कविता (म्यान्मा )
२०- सुमित्रा अविरल – कविता (भारत)
२१- मायाँ भेटवाल – कविता (नेपाल)
२२- सुरेन्द्र लिम्बू परदेशी – कविता (भारत)
२३-डेन्जोम साम्पाङ्ग – कविता (अमेरिका)
२४- सुनिता राई कन्दङ्वा – कविता (इजरायल)

अन्य उपस्थिति :

  • केबी पौडेल (नेपाल)
  • मंजुला तामाङ्ग (भारत)
  • राहुल राई बोगिको (भारत)
  • अमित चाम्लिङ्ग राई (कुवेत)
  • भिम पाण्डे (बर्मा)
  • भवानी क्षेत्री कार्की (नेपाल)
  • संगम सुधा थापा (भारत)
  • बेद दाहाल (इजरायल)
  • किरण पाण्डे (इजरायल)
  • माया मानवी (भारत)
  • बिमन किराती (जापान)
    लगायत हुनुहुन्थ्यो ।

लगायत हुनुहुन्थ्यो ।
यसरी भर्चुअल्ली आयोजित मोतिजयन्ती कार्यक्रम अत्यन्तै सभ्य तथा भव्य तरिकाले सम्पन्न भयो । यस कार्यक्रमको संचालन संस्थाकी महासचिव सुनिता राई कन्दङ्वाले इजरायलबाट गर्नु भएको थियो भने प्रविधि सम्पादनमा सचिव डा मनमुर्ति भुर्तेलले रसियाबाट सहयोग गर्नु भएको थियो । आजको यस मोतिजयन्ती कार्यक्रमको अन्त्यमा भर्चुअल्ली उपस्थित हुनु हुने प्रमुख अतिथि, विशेष अतिथि, सल्लाहकारज्यूहरूसाथै विभिन्न देशबाट सहभागी हुनुहुने समस्त साहित्यिक मनहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै कार्यक्रमका सभापति सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

One thought on “बिनेसामले मनायो १५५ औँ मोतिजयन्ती

  1. अविस्मारक बिजुली- सृजनसभा, आभार विनेसाम परिवारमा

Comments are closed.