(३० असार २०७७ तेल अभिव)
विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाले २०७औं भानु जन्म जयन्ती जुम अनलाईन मार्फÞत भव्य काव्य सभा गरि मनाएको छ ।
यही असार ३० गते इजÞरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र साहित्यकारहरुको अनलाइन उपस्थितिमा उक्त काव्य सभा गरिएको हो ।
नयन लोम्साङ्ग आङ्देम्बेले प्रविधि संयोजन गरेको उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाकी सचिव रेखा पन्तले संचालन गर्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघ इजÞरायल शाखाका अध्यक्ष सुरेन्द्र प्रसाईको सभापतित्वमा भएको कार्यक्रमा विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाकी वरिष्ठ उपाध्यक्ष भिमा थापा कार्कीले स्वागत मन्तव्य राख्दै सबैलाई स्वागत गर्नु भएको थियो भने सचिव दिपक क्षेत्रीले आदिकवि भानुभक्तले नेपाली भाषामा पु¥यानु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
प्रवासी महिला समुहकी अध्यक्ष निर्मला दहाल पौड्याल, गुरुङ समाजका अध्यक्ष ओम गुरुङ, जन सम्पर्क समिति इजÞरायलका सल्लाहकार डम्बर गुरुङकासाथै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय उपाध्यक्ष सावित्रा लुईटेल, महासचिव सुनिता राई लगायतले भानु जयन्तीको सबैमा शुभकामना र नेपाली भाषा साहित्यमा आदिकविको योगदानको चर्चा गर्नु भएको थियो ।
साहित्य महासंघ इजÞरायलका संस्थापक सल्लाकार कृष्ण रायमाझीले कोरोनाको विषम परिस्थितिमा पनि यसरी अनलाइन कार्यक्रम गर्न सफल भएकोमा सबैलाई धन्यवाद दिदैँ यस्ता साहित्यक कार्यक्रमहरु गरिरहनु पर्नेमा जोड़ दिनु भएको थियो ।
काव्य सभामा कवि तथा गीतकार राज लिम्बू, गÞजÞलकार बाबुकाजी बासु, कवि दिपक क्षेत्री, सुरेन्द्र प्रसाई, कवयित्रीहरु सुनिता राई, सम्झना पन्त, सावित्रा लुईटेल, भिमा थापा, सानु गुरुङ, रेखा पन्त र इन्दिरा के.सी. आदिले कविता, गजल र मुक्तक वाचन गरेर कार्यक्रमलाई काव्यमय बनाउनु भएको थियो ।
होली डे खबरले प्रत्यक्ष प्रसारण गरेको उक्त कार्यक्रमका सभापति तथा विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाका अध्यक्ष सुरेन्द्र प्रसाईले आदिकवि भानुभक्तलाई आदि कवि बनाउने मोतीराम भट्ट र उनको योगदान विर्सन नहुने बताऊँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
सुरेन्द्र प्रसाई
अध्यक्ष
विश्व साहित्य महासंघ इजÞरायल