विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन

२१ मर्च २०२० म्यान्मा
विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवश मनाइएको छ । उक्त कार्यक्रममा म्यान्माकालागि नेपाली राजदुत महामहिम भीमकृष्ण उदाशज्यू मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले कार्यक्रमलाई संवोधन गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने विश्व कविता दिवशको उपलक्ष्यमा महत्वपूर्ण मन्तव्य पनि राख्नु भएको थियो । कार्यक्रममा श्रीमति रन्जना उदाशले पनि वजनदार कविता वाचन गर्नु भएको थियो । त्यसैगरी विशेष अतिथिको रुपमा उपस्थित रहनु भएका विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रम आयोजनाकालागि म्यान्मा शाखालाई अनेक धन्यवाद दिँदै आयामिक समय र प्रविधिले मानवीय चेतनाको नयाँ उचाई कायम गर्न लागिरहेको प्रसंगलाई उजागर गर्दै आफ्नो आयामिक कविता वाचन गर्नु भएको थियो ।

महासङ्घ म्यान्मा शाखा तथा नेपाली साँस्कृति केन्द्रका अध्यक्ष लक्ष्मण न्यौपानेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा शाखाका संरक्षक ठाकुररप्रसाद गुरागाइँले आशिर्वचनसहित आफ्नो सिर्जना वाचन गरेका थिए । त्यसैगरी मुख्य सल्लाहकार अशोक घिमिरे, उपाध्यक्ष प्रविणहरी प्रधान, तिलकराम पोख्रेल, होमनाथ ढकाल, मोहनराज खनाललगायतबाट नेपाली तथा बर्मेली कविता वाचन गरिएको थियो । कार्यक्रम आयोजनामा नेपाली साँस्कृति केन्द्र म्यान्माको पनि संलग्नता रहेको थियो ।