विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन

१० मार्च २०२० थाइल्याण्ड ।
विश्व नेपाली साहित्य महासङ्घ विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुविच फैलने कार्य भइरहेको छ । यसै क्रममा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ आज २०७६ साल फागुन २७ गते मंगलबार तदनुसार १० मार्च २०२० का दिन श्री कृष्ण गौतमको अध्यक्षतामा थाइल्याण्ड शाखा गठन भएको छ । निक्कै लामो समयको परामर्शपछि गठन भएको उक्त समितिले विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय कायम गर्दै नेपाली भाषा–साहित्यको सेवा गर्नेछ भन्ने कुरामा ढुक्क हुँदै विश्व केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं । नव गठित समिति तपशिल वमोजिम रहेको छ –

१. अध्यक्ष कृष्ण गौतम, फुकेट
२. उपाध्यक्ष डेभिट अल्बीन, बैंकक
३. उपाध्यक्ष रिता निरौला, बैंकक
४. महासचिव राहूल भट्टराई, हुवाहिन
५. सचिव कुमार गिरि, बैंकक
६. सचिव कमल भट्टराई, बैंकक
७. सहसचिव दिपा राना, बैंकक
८. मुख्य सल्लाहकार विनोद लामिछाने, फुकेट
९. मुख्य सल्लाहकार केशव आचार्य, बैंकक
१०. मुख्य सल्लाहकार तिलक पोख्रेल, बैंकक
११ं मुख्य सल्लाहकार राज पौड्याल, बैंकक

Leave a Reply

Your email address will not be published. Required fields are marked *