रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न


मास्को, रूस । गत १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो ।

रूस लेखक संघकी सदस्य, कजयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मनमूर्त भुर्तेलबाट संचालित त्यस समारोहमा विनेसासंका केन्द्रीय सल्लाहकार कृष्णप्रकाश श्रेष्ठका साथै प्रमुख अतिथिको रुपमा रूसका लागि नेपाली ताजदूत महामहिम श्री ऋषिराम घिमिरे तथा रूसी साहित्य प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष बोरिस रिआबुखिनको समुपस्थिति रहेको थियो भने अतिथिको हैसियतले साहित्यशास्त्रमा महाविद्यावारिधिको प्राज्ञिक उपाधिप्राप्त प्राच्यविद् अलेक्सान्द्र सेन्केभिच, राजकीय दुमामा सल्लाहकार गेन्नाडी आभ्दाएभ, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदका सदस्य एकनारायण चापागाईं, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उत्तरदायी सचिव बोरिस भेर्शेनिन प्रभृति विभिन्न रूसी तथा नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्षबाट स्वागत मन्तव्य व्यक्त गरिएपश्चात् महामहिम राजदूतज्युबाट समारोहका अयोजकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो र रूस र नेपाल बीर साहित्यक सम्बन्ध विकासमा कृष्णप्रकाश श्रेष्ठको योगदानको चर्चा गर्दै भविष्यमा रूस र नेपालका साहित्यकारहरूको आदानप्रदान तथा संयुक्त प्रयासबार एक दोस्राको साहित्यको अनुवादको सम्भाव्यताबारे विचार व्यक्त गर्नुभयो । रूसी साहित्य प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष बोरिस रियाबुखिनबाट कृष्णप्रकाश श्रेष्टलाई सम्नानपत्र प्रदान गर्नुका साथै स्वलिखित काव्यकृति “रूसी घटनावली” पनि प्रदान गरिएको थियो ।

रूस-नेपाल साहित्य संगममा विशिष्ट अतिथिहरूको मन्तव्य पश्चात् विनेसासंबाट प्रकाशित तथा कृष्णप्रकाशबाट नेपालीमा अनुदित ९ जना आधुनिक रुसी कविहरूका २३ वटा कविताहरूको द्विभाषिक संग्रह “रूसी काव्यपल्लव” को लोकार्पण गरियो र त्यस कवितासंग्रहका सहभागी रूसी कवि तथा कवयित्रीबाट रूसी भाषामा कविता वाचन गरिएको थियो ।

रूसी गायिकाहरूबाट बीचबीचमा रूसी गीत पनि प्रस्तुत गरिनुका साथै कविता संग्रहमा समाविष्ट केही कविताहरू गीतको रूपमा समेत भिडियोमार्फत् पर्दामा प्रस्तुत गरिएका थिए ।

तत्पश्चात् नेपाली कवितावाचनको क्रम सुरु भयो । मास्कोस्थित नेपाली राजदूतावासमा कार्यरत कुमारबहादुर श्रेष्ठ क्रान्तिबाट रुसनेपाल सम्बन्धबारेको कविता प्रस्तुत गरिऐको थियो भने कवयित्री कला पोखरेल दाहालबाट रूसी अनुवादमा जीवन शिर्षक राखिएको गजल, कवि दिगम्बर भट्टबाट “आमा” शिर्षकको कविता, गोविन्दप्रसाद गौतमबाट जन्मेको गाउँ फलेवासको सौन्दर्य स्वरूप कविता र डा. मगमूर्ति भुर्तेलबाट हवाई यात्रामा देखिने मनोरम दृष्यबारे “नील गगन” कविता प्रस्तुत गरिऐको थियो भने कृष्णप्रकाश श्रेष्ठबाट आफ्नो मन्तब्यको क्रममा काठमाडौं नगरकोटमा रसियाली दागेस्तानी जनकवि रासुम हाम्जातोमको प्रतिमा हालसालै २६ नोभेम्बरका दिन नेपालमा अनावरण गरिऐको परिप्रेक्षमा उनको नेपाल विषयक काव्यको नेपाली अनुवादवाट जीवित देवी कूमारीबारे केही हरफ मंगलाचरणको रूपमा प्रस्तुत गरिएको थियो ।

समारोहको अन्तिम चरणमा ‘स्वतन्त्र माइक’ शिर्षकमा ईच्छुक कविहरूलाई कविता वाचनको लागि आह्वान गरिएको थियो । कवयित्रीद्वय ल्युदमिला आभ्देएभा तथा नेल्ली कोपेइकिनाबाट कृष्णप्रकाश श्रेष्ठप्रति समर्पण गरिऐका कविता वाचन गरेका थिए भने अन्य कविहरूले आ-आफ्ना कविता पढेर सुनाएका थिए । समयाभावले गर्दा इच्छुक सबै कविहरूले कवितावाचग गर्न नभ्यएको भान भइरहेको थियो । बाआकी अर्को यस्तै कार्यक्रमका लागि थाँती राखेर रूस नेपाल काव्य संगम समापन गरिऐको थियो ।