रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

डा. मनमूर्ति भुर्तेल,
नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको २०४- औंजन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १६ जुलाई २०१७ (आइतबार) का दिन मस्कोबाट ९० किलोमिटर टाढा अस्तित्वमा आएको एत्नोमिर (नृवंशलोक) परिसरमा निर्मित ‘नेपाली घर’ मा साहित्य समारोह सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (गैर आवासीय नेपाली संघ रूस, विश्व नेपाली साहित्यमहासंघ, रुस शाखा, नेपाली नारी निकुञ्ज मस्को, नेपाल खेलकुद तथा संस्कृति समाज रसिया, रुस-नेपाल सहयोग तथा मैत्री समाज, रुस सीआईएस नेपाल उद्योगबाणिज्य संघ र नेपाली छात्र संघ) का पदाधिकारी तथा सदस्यहरूको भानु-जयन्ती समारोहमा बाक्लो उपस्थिति रहेको थियो ।

मास्कोवासी साहित्यानुरागी नेपालीहरूद्वारा उत्साहपुर्वक भाग लिइएको त्यस समारोहमा प्रमुख अतिथिको हैसियतले रूसका लागि नेपाली राजदूत श्री ऋषिराम घिमिरेका साथै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का महासचिव डा. बद्री के.सी., केन्द्रिय महिला-संयोजक सपिला राजभण्डारी, रूस राष्ट्रीय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारीएवं केन्द्रिय सदस्य एव बिश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज फोखरेल प्रभृति) को समुपस्थिति रहेको थियो । समारोअका सहभागीहरूले रूसमा भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा सन् २०१४ मा ‘नेपाली घर’ मा स्थापित नेपाली आदिकविको प्रतिमामा पुष्पाञ्जलि अर्पण गर्दै आधुनिक नेपाली साहित्यिक भाषाका प्रवर्तकको देनबारे प्रकाश पारेका थिए ।

साहित्यिक समारोहको कार्यक्रमअनुसार विभिन्न कविता प्रतियोगिताहरूको पनि आयोजना गरिएको थियो । डा. बद्री के.सी., डा. कुमार कार्की, डा. मणिराज पोखरेल र प्रा.डा. सूर्यप्रकाश पौडेल समाविष्ट निर्णायक मण्डलद्वारा प्रतियोगितामा सहभागी कविताहरूको मूल्याकन गरिएको थियो । उत्कृष्ट ठहरिएका कविताहरूको पाठ गरिनुका साथै हाम्रा आदिकविप्रति समर्पित काव्यकी रचयिता रूसी कवयित्री ल्युदमिला आभ्देएभाले पनि आफ्नो कविता प्रस्तुत गरेकी थिइन् ।

कवितालेखन प्रतियोगितामा सहभागी भै क्रमश: श्री इन्द्रप्रसाद भुसाल रश्रीमती कमला रावल पाण्डेले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए भने तेस्रो (प्रोत्साहन) पुरस्कार श्री कुमारबहादुर श्रेष्ठ र श्री भक्त गोतामेलाई प्रदान गरिएको थियो ! त्यस्तै गरी “आँसु कविता लेखन प्रतियोगिता” मा प्रथम पुरस्कार श्रीभक्त गोतामे,द्वितीय पुरस्कार श्री इन्द्रप्रसाद भुसाल, तृतीय पुरस्कार श्री कुमारबहादुर श्रेष्ठ र श्री डिल्ली खरेल “सुमन” अनि सान्त्वना पुरस्कार चाहिं ईशा जी. सी. लाई प्रदान गरिएको थियो !

गैरआवासीय नेपाली संघ रूस राष्ट्रीय समन्वय परिषद् तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मनमूर्ति भुर्तेलद्वारा प्रसारित वक्तव्यमा अंशतं भनिएको छ : ‘आफ्नो अमुल्य समय निकालेर हाम्रो साहित्यिक समारोहमा उपस्थित भई कार्यक्रमकोशोभा बढाई दिनु भएकोमा रुस महासंघका लागि नेपाली राजदूत महामहिम ऋषि राम घिमिरे र सम्पूर्ण राजदुताबास परिवारका साथै ‘एत्नोमिर’ का संस्थापक एबं संचालक रुस्लान बैरामोभ तथा कविता प्रतियोगिताहरुका प्रथम, द्वितीय र तेस्रो (प्रोत्साहन) पुरस्कारका प्रायोजकहरु क्रमश: श्री दीनानाथ राजभण्डारी, डा. बद्री के.सी. र डा. एकनारायण चापागांई प्रति हार्दिक आभार ब्यक्त गर्दछु । सधै झैँ यस पटक पनि मन,वचन र कर्मलेसहयोग गर्नुहुने र आर्थिक सहयोग दिई हाम्रो कार्यक्रम सफल बनाइदिने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आफ्नो सक्रिय सहभागिता र सहयोग ले हाम्रो साहित्यिक कार्यक्रम सफलबनाइदिनु भएकोमा विश्व नेपाली साहित्य महासंघ, रुस शाखाका तर्फबाट एक पटक फेरिसम्पूर्ण साहित्यप्रेमी मित्र हरुलाई मुरीका मुरी धन्यवाद दिन चाहन्छु!’

यस वर्ष मास्कोमा ग्रीष्मऋतुको अनिश्चत मौसमको समयमा पनि रूसमा भानुजयन्ती समारोहका दिन झलमल्ल घाम लागेर मनोरम वातावरण रहनुका साथै नेपालीहरूले निकै रमाइलो गर्दै रूसमा रहेको ‘नेपाली घर’मा भानुभक्तको प्रतिमाको सामिप्यमा रही भव्य साहित्यक कार्यक्रम सुसम्पन्न गरेका छन् ।
फोटो-सौजन्य : गोविदप्रसाद गौतम
विश्व नेपाली साहित्य महासंघ, रुस शाखा
मिति : १७ जुलाई २०१७,
मास्को, रूस महासंघ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *