इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

गत १४ जुलाई २०१७ शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानूभक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम भब्य र सभ्यता पूर्णका साथ सम्पन्न भएको छ ।

अध्यक्ष श्री सानु गुरुड.ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम श्री निरन्जन थापा ज्यूको आथित्यमा पानसमा दिप प्रज्जलन गरी राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानुभक्तको तस्वीरमा माल्या अर्पण गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

राजदूतबास बाटै पाल्नु भएका प्रथम सचिव श्री हरिहर कान्त पौडेल ज्यु र दृतिय सचिव श्री आस्था लिम्बु ज्यूको उपस्थित हुनुहुन्थ्यो ।

विशेष अतिथिहरु एन आर एन ए इजरायलका अध्यक्ष श्री दीपक ओली ज्यू ,नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यू, साथै संस्थापक सल्लाहकार ज्यूहरु र अन्य विभिन्न संघ संस्था बाट प्रतिनिधि गरेर आउनु भएको अध्यक्ष ज्यूहरु एवं प्रतिनिधि ज्यूहरु र बुद्धिजीवी,कलाकार,समाजसेवी र सञ्चारकर्मी ज्यूहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रम संचालिका संस्थाको महासचिव अम्बिका याम्फू “अनमोल” ज्यूले गरेका थिए । कार्यक्रमको शुभारम्भ गर्नका निमित्त राष्ट्र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रीय गान बज्जाई लगातै कार्यक्रायका अतिथि ज्यूहरुलाई गीतमार्फत स्वागत गर्न सदस्य सानु खतिवडा जी, रेखा पन्त जी ,भिमा कार्की जी कर्ण प्रिय स्वरमा स्वागत गीत गाउनु भएको थियो ।

सक्रिय सदस्य कल्पना चाम्लीगं राईले स्वागत मन्तब्यमा दिएका थिए भने शुभकामन मन्तब्यमा सदस्य बसु श्रेष्ठ ले दिनु भएको थियो । भानुभक्तको बारे आलेख संस्थाको सचिव विमला शर्मा ढुंगाना ज्यू ले भन्नु भएको थियो ।

यसै गरि विशेष अतिथिहरु एन आर एन ए इजरायलका अध्यक्ष श्री दीपक ओली ज्यू ,नेपाल आदिवासी जनजाती महासंघको अध्यक्ष श्री नयन इम्सोङ लिम्बु ज्यू, साथै संस्थापक सल्लाहकार श्री कृष्ण रायमाझी ज्यू, तमु समाज इजरायलका प्रथम उपाध्यक्ष श्री निर्मला गुरुड.ज्यू,संघीय समाज इजरायलका अध्यक्ष श्री सुन्दर सिंह लामा ज्यू,(एमाले) प्रवासी नेपाली मज्चका अध्यक्ष श्री तीर्थ गौतम ज्यूहरुले शुभकामना मन्तब्य दिनु भएको थियो ।

इज़रायलको बसाईलाई बिट मार्दै सदाको लाई जन्म भूमि फर्कनु पर्ने हुदा सक्रीय सदस्य कल्पना चाम्लिड. राई ज्युलाई संस्था प्रति उहाँले दिनु भएको योगदानलाई उच्चा कदर गर्दै प्रशंसा पत्रले विदाई गरिएको थियो ।

संस्थामा नयाँ सदस्यता लीनुहुने बिना लामा गुरुड.जी,रेखा पन्त जी,सीता अधिकारी तिमील्सिना जी,सम्झना पन्त जी,उहाँहरुलाई अविर र खदाले स्वागत गरिएको थियो । साथै मीठो मीठो सृजना वाचन गरेर कार्यक्रम साहित्यिकमय भएको थियो । सर्जकहरु शान्ती राई “स्मृति”,शान्ता खवास,सुरेन्द्र प्रसाई ,सावित्र लुईटेल घिमीरे ,सानु खतिवड ,रेखा पन्त ,सम्झना पन्त,अनिता राई,भिमा कार्की,अम्बिका याम्फु”अनमोल,बसु श्रेष्ठ ,कल्पना चाम्लाड., विमला शर्मा ढंगाना,सिन्धु पौडेल,सानु गुरुड.आदि सर्जकहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।

अन्त्यमा उपस्थित सम्पुर्ण महानुभाव हरुलाई स धन्यवाद दिदै सभापति ज्युले कार्यक्रम समापन गराउनु भएको थियो ।
महासचिव: अम्विका याम्फु” अनमोल”
विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा ।

केहि तस्वीरहरु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *