गत १७ जुलाई २०१६ का दिन विस्व नेपाली साहित्य महासंघ, म्यामा शाखाले २०३ वर्षिय भानुजयन्ति साहित्य कार्यक्रमका साथ भव्यरूपले मनाईयाे अखिल म्यामा देशीय गाेर्खा हिन्द धार्मिक संघ याँगाै शाखा समितिकाे सहकार्यमा आयाेजित मातृभाषा अध्ययन गरेका विध्यार्थी सम्मान कार्यक्रमकाे साथ बाल कविता बाचन, साहित्यकारहरूकाे मार्ग दर्शन साथै कविवर मान्य टेकनारायण रीमाल काैशिकज्यूकाे ‘घामका रंग” मुक्तक कविता बिमाेचन भयाे ।
बिमाेचनमा नेपाली राजदूतावास याँगाै म्यामाका कार्यवाहक राजदूत श्री राजु केशीज्यूका करकमलबाट गरियाे । याँगाै शाखा युवा विभागकाे प्रयत्न धेरै सफलतामा पुगेकाेछ । बाल कविता बाचनकाे साथमा विस्व नेपाली म्मामा शाखाले कविता बाचनहरूलाई सम्मान साथमा वरिष्ठ साहित्यकारज्यूहरूलाई सम्मान गरियाे । साथमा दुवसु साहित्य र संस्कृति पुरस्कार शास्री साहित्य र सामाजिक पुरस्कार कार्यक्रमहरू भव्य रूपले मनाएकाे छ ।
उपस्थितिमा अतिथी राजदूतावासका कार्यबाहक राजु केशी, दिपक निराैला, नेपाल बाटका अतिथी युऐनएका अतिथीहरूकाे उपस्थिति बलियाे थियाे ।आगामी वर्षहरूमा पनि साहित्य सेवा ठाेस रूपले मनाउने याेजना राखिएकाेछ । म्यामा बासी नेपाली जनहरूले तन मन धन जन लगाएर हर समय साहित्यकाे सेवा सँस्कृतिकाे सेवा सामाजिक सेवा र अन्य सेवाहरू गरिराखेकाे छ ।
– माेहन राज खनाल
महासचिव



