साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

कोशराज राई, कुवेत,
जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्।

राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथीहरुबाट आदिकवि भानुभक्त आचर्यको फोटोमा माल्यार्पण गरी रामायण वाचन, लगायतका बिभिन्न बिध्याका कविताहरु नेपाली राजदूतावासका दित्तिय सचिवद्वय अम्बिका जोशी र भोगेन्द्र लिंदेन, आकाश शेर्पा”यात्री”,  मनोज मनसुन, नैनकला राई, रजनी ढुंगाना, प्रकाश थुलुङ, किरणराज राई, प्रेम कटवाल, राजेन्द्र बिरही, रमेश किराती ‘चट्याङ’, अर्जुन उदासी, शान्ति राई, राजनबावू परियार, सुधिर राई, राजकुमार राई, आशा राई, ईन्दिरा शाह, सागर खड्का, प्रेम बान्तवा, प्रसाद तिमल्सिना, बिरबिक्रम सुनार, टिकाराम आचर्य लगायतका कवि, कवयित्रीहरुले वाचन गरेका थिए। यसै गरी कार्यक्रममा अमृत तामाङ, जय आलेमगर, कोशराज राई, बसन्त थापामगर,  सुजन केसी लगायतले २०३औं भानु जयन्तिको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा ओईलाएका सपनाहरुका रचनाकार छबिराम सुनार र बिष्णुप्रसाद भट्टराईले पठाएका कविताहरु पनि वाचन गरिएको थियो।

फर्वानियामा समाजसेवी बसन्त थापा मगरले शुरु गर्नु भएको नेपाली सभागृहमा सम्पन्न कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित राईको सभापतित्व र नेपाली राजदूतावासका दित्तिय सचिवद्वय अम्विका जोशी र भोगेन्द्र लिंदेनको प्रमुख र बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन दिपक आचर्य ‘जलन’ र रमेश किराती ‘चट्याङ’ले संयुक्त रुपमा सन्चालन र प्रेम कटवालले स्वागत मन्तव्य व्याक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापती अमित राईले सहभागी सम्पूर्ण कवि कवयित्रीहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने किरात राई यायोक्खा, भोजपुर सेवा समाज, खोटांग कुवेत सम्पर्क मन्च, ब्यानर सौजन्य गर्ने मध्यपश्चिम सेवा समाज, सुजन केसी, बसन्त थापामगर र हिमालयन रेष्टुरेण्ट लगायत सम्पूर्ण संघ संस्थाहरुलाई हार्दिक धन्यवाद र निकट भविष्यमा पनि यस्तै किसिमको सहयोगको अपेक्ष गरेको र केही समय पछि फेरी बृहत् कविता प्रतियोगिता आयोजना गरिने जानकारी  दिंदै आफ्नो कविता पनि वाचन गर्दै कार्यक्रमको समापन गरेका थिए।

फोटो पत्रकार: युग लामा

GFNL kuwait (1) GFNL kuwait (1) GFNL kuwait (2) GFNL kuwait (3) GFNL kuwait (4) GFNL kuwait (5) GFNL kuwait (6) GFNL kuwait (7) GFNL kuwait (8) GFNL kuwait (9) GFNL kuwait (10) GFNL kuwait (11) GFNL kuwait (12) GFNL kuwait (13) GFNL kuwait (14) GFNL kuwait (15) GFNL kuwait (16) GFNL kuwait (17) GFNL kuwait (18) GFNL kuwait (19) GFNL kuwait (20) GFNL kuwait (21) GFNL kuwait (22) GFNL kuwait (23)

– kuwaitnepal.com

One thought on “साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

  1. बधाईछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *