विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

लण्डन, २८ जुन २०१४ । विश्व नेपाल साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको इबैठक विभिन्न निर्णय गर्दै सम्पन्न भयो ।

साहित्य महासङ्घले आयोजना गर्न लागेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आयोजक उपसमिति संयोजक आले माइला (सिंगापुर) लाई तोक्यो भने सदस्य अमित राई (कुवेत), धन लेप्चा (अमेरिका) रेवती तिमिल्सिना (आसम भारत) र सुनिल खड्का (थाइल्याण्ड)लाई चयन गरयो । कार्यक्रमको सहआयोजक संस्थाहरु मातृभूमिको लागि युवा अभियान, नेपाली साहित्य प्रतिष्ठान हङकङ, अनेसास ताइवान, नेपाली साहित्य विकास परिषद, युके, विनेसाम शाखाहरु रहनेछन् ।

आगामी जुलाई १३ तदनुसार असार २९ गते साहित्य महासङ्घ ५ औ बर्षमा प्रवेश गर्ने तथा भानु जयन्तिको अवसरमा यसबर्षको उत्कृष्ट सदस्य, उकृष्ट शाखा घोषणा गरिने भएकोले सम्पूर्ण शाखाहरुलाई प्रतिवेदन पठाउन निर्देशन जारी गरयो । त्यस्तैगरि उक्त दिन नेपाली साहित्य दुत सम्मान (सगरमाथा, कन्चनजंघा र लोत्से) घोषणा गर्ने निर्णय भयो । सो दिन विभिन्न शाखाहरुले आआफ्नै तरिकाले भानु जयन्ति तथा स्थापना दिवस मनाउनेछन् भने केन्द्रले इभेला गरि सिर्जना बाचन गर्नेछ ।

प्रतियोगिताको निम्ति सिर्जना सम्प्रेषण सूचना गरिमा, मधुपर्क लगायत साहित्यजन्य पत्रिका लगायतमा प्रचार प्रसार गर्ने निर्णय भयो । त्यस्तैगरि अनुकुलता अनुसार द्धैमासिक रुपबाट साहित्यिक बहस चलाउने र अन्य मुलुकका प्राज्ञिक निकाय संग सम्बन्ध विस्तार गर्ने निर्णय गरयो ।

साहित्य महासङ्घको प्रिन्ट प्रकाशन साहित्य संसार र अनलाइन प्रकाशन मुलबाटोको नियमावली माथि बृहत छलफल पछि शसोधनपछि पारित गरियो । त्यस्तै गैर नाफामुलक साहित्यिक संस्थाको रुपमा साहित्य महासङ्घलाई कम्पनी रजिष्टार कार्यालयमा दर्ता गर्ने औपचारिक निर्णय भयो ।

महासंघका उपाध्यक्ष सागर श्रेष्ठको आमा र सचिव खगेन्द्र अधिकारीको आमा विरामी हुनुभएकोमा सिघ्र स्वास्थ्य लाभको कामना प्रस्ताव पारित भयो । मकर बहादुर बान्तावा पुस्तक प्रोजेक्ट सम्पन्न गर्नुहुने उपाध्यक्ष श्रेष्ठलाई धन्यवाद प्रस्ताव पारित भयो । त्यस्तै निष्क्रिय पदाधिकारीहरुलाई एक पल्ट अन्तिम सुचना दिने र आवश्यक परे आगामी बैठकबाट वहाहरुलाई हार्दिक विदा गरि नयाँ पदपूर्ति एवं थप गर्ने निर्णय भयो ।

बैठकको अध्यक्षता युकेबाट अध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए भने ताइवानबाट डा. लेखनाथ काफ्लेले संचालन गर्नुभएको थियो ।