कस्तो तिम्रो मन ?
समुन्द्रको छाल
हावाको लहर
अथवा
जुनेलीको जुन ?
तिमी प्रेम लाइ परिभाशित गर्छौ 
तर मैले तिम्रो प्रेम लाई बुझ्न सकिन
वास्तबिकतामा कस्तो तिम्रो प्रेम ?
टर्ओ , अमिलो , पिरो या गुलियो
जरुवाको पानी जस्तै
भुतल मा बहीरहेछौ
म खहरेको डिल मा बसेर
तिमी लाई पर्खि रहेछु
यथार्थमा
तिम्रो सम्पुर्ण शरिर
श्वाश्वत आत्मिय प्रेम को बदला
मैले तिमीलाई दिन चाहेको थिए
मेरो मुटु र सजिब अस्तितो
छितिजपारी गए झै मेरो सपना
गयौ तिमी चन्द्र, बृहस्पति वा मंगल ग्रह
तिम्रो मौनतामा मेरो चाहनाहरु
बिलिन भए कताकता
ठोक्किएर तिम्रो वायुयानमा
छरपस्ट भए स्वर्णिम रहरहरु
गन्तब्य नपुगी दोबाटो बिच
लत्त्राक लत्रुक भए पाइला हरु
कौडा हारेको पाण्डव जस्तै
तिम्रो केकै शड्यन्त्रमा
मैले हारे प्रेम को बाजी
मैले मारे प्रित को बस्ती
अन्तरिछको तिम्रो यात्रामा
मेरो पराजित प्रेम को डोबहरु
रतीभर डगमगाउने छैनन
हास्ने छन परेली
मुस्कुराउने छन अधर
जिर्ण हुँदै गरेको मेरो सपना
मर्दै गरेको मेरो प्रित
– दोहा, कतार
Sagar Ji, Yadi Tapaiko Pirati Sacho 6 Vane Marna Nadinu Hola,,,,,,,,,
Kabita Mitho Lagyo