क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह भब्य रुपमा सम्पन्न

सम्पूर्ण साहित्यप्रेमी
दाजुभाइ दिदीबहिनीहरुमा
साहित्यिक अभिवादन

प्रेस विज्ञप्ति

नेपाली भाषा र साहित्यको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको अर्को मुख्य लक्ष्य भनेको विश्वको कुनै पनि कुनामा छरिएर रहेका नेपाली साहित्यकार र अन्य भाषा भाषिकाका साहित्यकारहरुलाई एकै छानोमा एकछत्र बनाउनु पनि हो ।

यस संस्थाको दोस्रो शाखाको रुपमा स्थापना भएको शाखा साउदी अरेवियाले विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ र भविष्यमा पनि यसलाई निरन्तरता दिदै जानेछ । विभिन्न क्षेत्रमा काम गर्ने महानुभावहरु लगायत विशेष गरी विद्यार्थी वर्गमा केही हदसम्म भएपनि ज्ञान दिने उद्देश्यले विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले अनलाइन हाजिरीजवाफ प्रतियोगीता संचालन गरेको छ अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरसंगको सहकार्यमा । यो अनलाइन हाजिरीजवाफ प्रतियोगीता संचालनको एक वर्ष पुगेको उपलक्ष्यमा हालै क्वीज स्मारिका नामक एउटा पुस्तक प्रकाशन गरिएको छ ।

यही जनवरी २७ तारिखका दिन साउदी अरेवियाको दमाममा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त क्वीज स्मारिका लोकार्पण गरिएको छ । उक्त अवसरमा साउदी अरेवियामा समाजसेवामा विशेष योगदान पुर् याउनु हुने चार जना समाजसेवीहरु तारा भण्डारी तुल्सीमाया गुरुङ्ग कुमारी सुनारी मगर र यास्मिन बेगम सैयद ज्यूलाई दोसल्ला ओढाएर कदर पत्रका साथ सम्मान गरिएको छ भने विश्व नेपाली साहित्य महासंघका साउदी अरेवियामा रहेका पाँच जना आजीवन सदस्यहरु खगेन्द्र अधिकारी अमृत कुमार श्रेष्ठ यात्री सागर श्रेष्ठ दुर्गाबहादुर भण्डारी र अाजना अधिकारीलाई दोसल्लाका साथ सम्मान पत्रले सम्मान गरिएको छ । अनलाइन हाजिरीजवाफ प्रतियोगीतालाई प्रचार प्रसार गर्नमा विशेष सहयोग गर्ने मिडिया पार्टनरहरु

प्रवासी नेपाली डट कम्, नेपाल समुह डटकम्, डि सी नेपाल डटकम्, अभियान टाईम्स साप्ताहिक, मुग्लानी सौगात, नेपाल अरब डटकम्, पि एन एन अनलाईन रेडिया, स्वतन्त्र नेपाल डटकम्, मेरो श्रृजना ब्लग स्पोट डटकम्, मेरो नेपाल ब्लगसम डटकम्, ई लमजुङ्ग डट कम्, रमाईलो चौतारी ब्लग स्पोट डटकम्, नेपाली समाचार डटकम्, साहित्यघर डटकम्, श्रृजनाका लहरहरु अनलाईन रेडियो खबर साईट डटकम्, हाम्रो समाज डटनेट, श्रृजनाका लहरहरु डटकम्, हाम्रो सन्सार डटनेट्, तनहुखबर डटकम, दैलेखी डटकम, श्रृजनाकालहरहरु डटकम लाई प्रशंसा-पत्र प्रदान गरी सम्मान गरिएको छ भने प्रतियोगीता प्रयोजक गर्नुहुने महानुभावहरु सागर श्रेष्ठ, खगेन्द्र अधिकारी अमृत, दुर्गाबहादुर भण्डारी, तिलक गुरुङ्ग, विष्णुबहादुर थापा, कुमार श्रेष्ठ, सुर्यविक्रम याक्खा, दिलकुमार श्रेष्ठ, मायां श्रेष्ठ, दुर्गा गुरुङ्ग, निरा राजवंशी, जिवन थापामगर, गणेश पाण्डे, सरोज आलेमगर, सुरज गिरी, रविन्द्र खड्कालाई पनि सम्मान गरिएको छ ।

पिएनएन अनलाइन रेडियो लगायत हाम्रो संसार डटनेट, सिर्जनाका लहरहरु, पाख्रीबास डटकमडटएनपि, जिएफएनएल डटओआरजी, नेपालीसमाचार डटकम र अन्य मिडिया पार्टनरहरुले अनलाइन मार्फत यस कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेका थिए ।

साउदी अरेवियाका लागी नेपाली राजदूत महामहिम श्री उदयराज पाण्डे ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अनलाइन हाजिरीजवाफ प्रतियोगीताका संयोजक सागर श्रेष्ठले क्वीज स्मारिका माथि टिप्पणी गर्नुभएको थियो साथमा गायक नागेश तामाङ्ग र विज्ञान राईले गीत र संगीतबाट उपस्थित महानुभावहरुलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । संस्थाका महासचिव जीवन थापाले कार्यक्रममा उपस्थित अतिथि लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई स्वागत गर्नुका साथै संस्थाले हालसम्म गरेका गतिविधिहरुको प्रगति विवरण सुनाउनु भएको थियो । अनलाइन मार्फत विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय समितिका अध्यक्ष डा. मधु माधुर्यले शुभकामना दिनुभएको थियो भने विश्वासदिप तिगेलाले इमेल मार्फत पठाउनु भएको शुभकामनाका शब्दहरु साउदी अरेवियाका केन्द्रिय पार्षद सागर श्रेष्ठले पढेर सुनाउनु भएको थियो ।

अनलाइन मार्फत साहित्यिक रचनाहरु पनि समावेश गरिएको थियो जसमा इजराइलबाट भगवती बस्नेतले आफ्नो गजल बाचन गर्नुभएको थियो । उपस्थित अन्य साहित्यप्रेमी महानुभावहरुले आफ्ना कविता मुक्तक र गजलहरु प्रस्तुत गर्नुभएको थियो ।

फेन्ड्ली मोवाइलले कार्यक्रमको मुख्य प्रयोजन गरेको थियो भने समाजसेवी राजु सैयद ज्यूले सहप्रायोजन गर्नु भएको थियो त्यसै गरि श्रृजना संस्कृतिक परिवारले कार्यक्रम सफल बनाउनको लागी सहयोग गर्नु भएको थियो । यसैक्रममा सोही दिन प्रवासी नेपाली डटकमको आठौ वार्षिकउत्सव समेत भएकाले उक्त मिडियालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउनु हुने महानुभावहरु विशेष गरि निरन्तर लेखरचना समाचार उपलब्ध गराएबापत श्री विजय शन्तोसी राई धनकुट्ा, श्री आरजु विष्ट पोखरा र आपराधिक समाचारहरु उपलब्ध गराई चेतना जगाउन सहयोग गरेबापत शसस्त्र प्रहरीबल सुचना साखा काठमाण्डौलाई सम्मान गरिएको थियो । उक्त अबसरमा प्रवासी नेपाली डटकमका सदस्य खेम पौडेलको शुभ कामना पनि वाचन गरिएको थियो ।

अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरका अध्यक्ष तिलक गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम विश्व नेपाली साहित्य महासंघ आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *