साहित्य महासंघ विश्व साहित्य सम्मेलनको तयारीउन्मुख

२८ सेप्टेम्बर ११, विश्व नेपाली साहित्य महासङ्घको नियमित ईबैठक केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो ।

भर्खरै सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को बारेमा समिक्षा ग¥यो । विश्वका १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग १८२ कविहरुको सहभागिता रहेको प्रतियोगिता भब्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्यो । साहित्य महासंघको साउदी अरेयिबा शाखा, रसिया शाखा, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई, नबोदित साहित्यिक मोवाइल पुस्तकालय कतार, अनेसास युएइ लगायत ब्यक्तिगत रुपबाट आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित गरयो ।

विश्वभरको स्रष्टा र साहित्यिक संघसंस्थाहरु माझ आफ्नो उपस्थिती जनाउन महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । अब दोस्रो चरणमा महासंघले साहित्यिक मुखपत्र प्रकाशनको शुरुवात गर्ने निर्णय गर्यो । विश्वभर फैलिन्दै गएको साहित्य महासंघको शाखाहरुलाई ब्यवस्थित गर्ने तथा विश्व साहित्य सम्मेलन गर्ने सम्बन्धमा पनि ब्यापक छलफल भयो ।

साहित्य महासङ्घले प्रत्येक महिनाको २८ तारिख इबैठक तथा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

One thought on “साहित्य महासंघ विश्व साहित्य सम्मेलनको तयारीउन्मुख

  1. Dear All,
    Recently, I am in Nepal. I really missed this opportunity. Could you please add me on your skype and facebook.
    Skype: harigorkhali1, and kapilvastuday09
    Facebook: hariks_nepal@yahoo.com
    Hope, I can join the activities from next time.
    Wish you all the best on the occasion of Happy Vijaya Dashami, Tihar and Chad.
    Hari

Leave a Reply

Your email address will not be published. Required fields are marked *