साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

गत २५ मे २०१८ का दिन म्यानमारको कछिनमा सम्पन्न एक साहित्यिक जमघटले विश्व नेपाली साहित्य महासङ्घ कछिन शाखा गठन गरेको छ । करिब ३० हजार नेपालीहरुको बसोवास रहेको कछिन प्रान्तमा नेपाली साहित्यको संरक्षण, प्रबद्र्धन र विकास तथा विस्तारको निम्ति शाखा गठन गरिएको कुरा साहित्य महासङ्घ राष्ट्रिय समितिका महासचिव मोहनराज खनालले बताउनु भयो । समितिको अध्यक्षमाContinue reading… साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन

सुरेन्द्र इङ्नाम, गत १२ मे २०१८ को दिन वेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोह बीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो । प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय अध्यक्ष विश्वास दीपContinue reading… घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन

साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व

गत ३ मार्च २०१८ का दिन बसेको बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबले नयाँ कार्यकारी समिति चयन गरेको छ, बिहिबार साँझ राजधानी रियादमा समितिका निबर्तमान अध्यक्ष श्री बालकृष्ण पौडेलको नेतृत्वमा बसेको भेलाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको गरेको हो। बिश्व नेपाली साहित्य महासंघ साखा साउदी अरबको लागी अध्यक्षमा- श्री बिमल बजगाँई, उपाध्यक्ष – श्रीContinue reading… साहित्य महासङ्घ साउदी अरेबियामा बजगाई र लुइटेलको नेतृत्व

साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

गत ३१ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरयो । नयाँ समितिको उपाध्यक्षमा श्रीमति करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारिContinue reading… साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

गत २१ मार्च २०१८ का दिन विश्व कविता दिवसको उपलक्ष्यमा म्यान्मारको पुर्व राजधानी याँगौंस्थित नेपाली रातदूतावास र विश्व नेपाली साहित्य महासंघ म्यान्मार थाईल्यान्ड समन्वय शाखाको आयोजनामा ‘अमरावतीदेखि ऐरावतीसम्म’ कृतिको विमोचन साथै कविगोष्ठि सम्पन्न भयो । गोष्ठिमा नेपाली राजदूत भीम उदास, दिपक राज निरौला, म्यान्मारका वरिष्ठ साहित्यकार ठाकुर प्रसाद गुरागाईं, वरिष्ठ गजलकार टेकनारायण रिमाल, वरिष्ठ म्यामालीContinue reading… साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

मूर्धन्य साहित्यकार स्व. इन्द्रबहादुर राईको सम्मानमा साहित्य महासङ्घ हङकङको शोक सभा

हङकङ । गत १९ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाले नेपाली साहित्यका शिखर तारा एवं आयामेली र लीला लेखनका अभियन्ता वरिष्ठ श्रष्टा डा. ईन्द्र वहादुर राईको श्रद्धाञ्जली शोकसभा सम्पन्न गरेको छ। विनेसास हङकङका अध्यक्ष कवि चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली साहित्य परिषद, पत्रकार महासंङ्ग र आदिवासी जनजाति महासंङ्गContinue reading… मूर्धन्य साहित्यकार स्व. इन्द्रबहादुर राईको सम्मानमा साहित्य महासङ्घ हङकङको शोक सभा

साहित्य महासंघ साउदीका अध्यक्ष पौडेलको आकाशगंगा लोकार्पण

काठमाडौं, गत २ चैत्र २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ साउदी च्याप्टरका अध्यक्ष बालकृष्ण पौडेलको आकाशगंगा उपन्यासको लोकार्पण भएको छ । कार्यक्रममा गोविन्द घिमिरे वेदमणि, मञ्जुश्री प्रधान, सुमित्रा सुमी, गोकुलअधिकारी, गंगालिगल, पुष्कर लोहनी, सागर श्रेष्ठ, डा. विदूर चालिसे, त्रिभुवन चन्द्र वाग्ले लगायतले पुस्तक सामुहिक लोकार्पण गरे । कार्यक्रममा आकाश गंगा कृतिमाथि समीक्षा गर्दै साहित्यकारContinue reading… साहित्य महासंघ साउदीका अध्यक्ष पौडेलको आकाशगंगा लोकार्पण

साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष न्यौपानेलाई विनेसाम हङकङद्धारा स्वागत

</ हङकङ, गत २९ मगर्च २०१८ का दिन हङकङ वान्चाई स्थित नेपाली क्लबमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा बर्मा म्यानमारवाट आउनु भएका विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष साहित्यकार लक्ष्मण न्यौपानेलाई विसुद्व साहित्यिक स्वागत र रात्रि भोज सम्पन्न भयो । संसारको जुनसुकै कुनामा रहेता पनि “विश्व नेपाली साहित्य महासङ्घ” अन्तर्गत चौतारीको माध्यमद्वाराContinue reading… साहित्य महासङ्घ म्यानमार शाखाका अध्यक्ष न्यौपानेलाई विनेसाम हङकङद्धारा स्वागत

साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन

गत २८ फेब्रुवरी २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा घोषणा भएको छ । साहित्यकार चन्द्र लामा ’अनुराग“ अध्यक्ष, आरपी आचार्य उपाध्यक्ष, खेम बहादुर पुन सचिव र पेमा बुढा मगर कोषाध्यक्ष रहेका छन् भने सदस्यहरु क्रमशः निर्मल लामा, अर्जुन हमाल, किसोर ब्लोन, विनोद गैरे, राजकुमारी तामाङ, प्रज्ञा डिम्डुङ, खिलबहादुर थापा, सरगम तिमिल्सिनाContinue reading… साहित्य महासङ्घ, दक्षिण कोरिया शाखा गठन