मूर्धन्य साहित्यकार स्व. इन्द्रबहादुर राईको सम्मानमा साहित्य महासङ्घ हङकङको शोक सभा


हङकङ । गत १९ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाले नेपाली साहित्यका शिखर तारा एवं आयामेली र लीला लेखनका अभियन्ता वरिष्ठ श्रष्टा डा. ईन्द्र वहादुर राईको श्रद्धाञ्जली शोकसभा सम्पन्न गरेको छ।

विनेसास हङकङका अध्यक्ष कवि चन्द्र मादेन आन्छनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली साहित्य परिषद, पत्रकार महासंङ्ग र आदिवासी जनजाति महासंङ्ग हङकङका अध्यक्ष किसन राईको प्रमुख आतिथ्यता रहेको थियो।

त्यस्तैगरी नेपालबाट आएका साहित्यकार श्रष्टा लक्ष्मण सिटौला र हिमालय टोन्सका प्रवन्धक एवं वरिष्ठ संगीतकार दिनेश सुव्वाको विशेष आतिथ्यता रहेको थियो।

हङकङमा भएका साहित्यिक संस्थाहरु नेपाली साहित्य प्रतिष्ठान, साझा साहित्य सृङ्खला, आदिवासी जनजाति साहित्य समुह, साव्लावुङ प्रकाशन, समिक्षक समाज र अनेसालाई सह आयोजक बनाई एउटै व्यानरमा संयुक्त साहित्यिक कार्यक्रम गरिएको हो।

मार्च ६ का दिन भारतको दार्जिलिङमा आचानक देहवासन भएका लोकप्रिय साहित्यकार ईद्र वहादुर राईको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उपस्थित सवैले एक मिनेट मौन धारणा गरि राईको तस्विरमा श्रद्धाञ्जली सहित माल्यार्पण गरेका थिए।

सहआयोजक नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष एवं विनेसाका सल्लाहकार रेखाकवि टक सम्वाहाम्फेद्वारा स्वागत मन्तव्य गरिएको कार्यक्रममा चित्रकार दिपेन्द्र राई, साव्लावुङका सम्पादक राज कुमार राई, समिक्षक समाजका संयोजक हेम कु लावती, जनजाति साहित्यक समुह एवं त्रिकोण अभियन्ता कवि भुपेन्द्र चेम्जोङ, द्वय विशेष अतिथिहरु कवि लक्ष्मण सिटौंला, वरिष्ठ संगीतकार दिनेश सुव्वा र प्रमुख अतिथि समाजसेवी किसन राई लगाएतले डा. ईन्द्र बहादुर राईको नेपाली साहित्य प्रति योगदान, निष्ठा र चर्चा परिचर्चा गरे।

उल्लेख्य साहित्यकार कविहरुको उक्त उपस्थित शोक श्रद्धाञ्जली कार्यक्रमको उद्घोषण विनेसा हङकङका सचिव वल्लभ रोकाले गरे भने कार्यक्रमको विसर्जन गर्ने क्रममा अध्यक्ष आन्छनले डा. राईको निधनले साहित्यमा अतुलनिय क्षति पुगेको बताए।

स्मरण रहोस् भारत जस्तो देशमा नेपाली भाषि हाम्रो पहिचानलाई मान्यता दिनुपर्छ भन्ने एक जुझारु अभियन्ता पनि थिए स्वर्गिय डा. ईन्द्र बहादुर राई।