साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

गत २५ मे २०१८ का दिन म्यानमारको कछिनमा सम्पन्न एक साहित्यिक जमघटले विश्व नेपाली साहित्य महासङ्घ कछिन शाखा गठन गरेको छ ।

करिब ३० हजार नेपालीहरुको बसोवास रहेको कछिन प्रान्तमा नेपाली साहित्यको संरक्षण, प्रबद्र्धन र विकास तथा विस्तारको निम्ति शाखा गठन गरिएको कुरा साहित्य महासङ्घ राष्ट्रिय समितिका महासचिव मोहनराज खनालले बताउनु भयो ।

समितिको अध्यक्षमा भीम प्रसाद पाण्डे, उपाध्यक्षद्धयमा हरिलाल ओझा र नारायण रिजाल, महासचिवमा होमनाथ ढकाल, सचिवद्धयमा सागर अधिकारी र सुश्री आरती ओझा, कोषाध्यक्षमा देवेन्द्र निरौला, क्षेत्रिय प्रतिनिधि सचिवहरुमा क्रमशः सुश्री सिमा सामा, रविन्द्र दाहाल, लक्ष्मण नेउपाने, मदन सुतारकार्की, सुश्री राधा भण्डारी, शिवकुमार रिजाल र संरक्षकहरुमा महानन्द भट्टराई, ईच्छाराम गुरागाँई, बालकृष्ण रिजाल रहनु भएको छ भने सल्लाहकारमा दुर्गा प्रसाद पाण्डे, हिरालाल दाहाल, डमरुकुमार घिमिरे, भुवानी शंकर लामिछाने रहनु भएको छ । यस कछिना प्रान्तमा ११ नगर पर्दछ ।