साहित्य महासंघ साउदीका अध्यक्ष पौडेलको आकाशगंगा लोकार्पण


काठमाडौं, गत २ चैत्र २०१८ का दिन विश्व नेपाली साहित्य महासंघ साउदी च्याप्टरका अध्यक्ष बालकृष्ण पौडेलको आकाशगंगा उपन्यासको लोकार्पण भएको छ ।

कार्यक्रममा गोविन्द घिमिरे वेदमणि, मञ्जुश्री प्रधान, सुमित्रा सुमी, गोकुलअधिकारी, गंगालिगल, पुष्कर लोहनी, सागर श्रेष्ठ, डा. विदूर चालिसे, त्रिभुवन चन्द्र वाग्ले लगायतले पुस्तक सामुहिक लोकार्पण गरे ।

कार्यक्रममा आकाश गंगा कृतिमाथि समीक्षा गर्दै साहित्यकार कमला रिसाल‘ज्योति’ले नालीको ढुंगा कलाकारको हातमा परे मुर्ति बन्ने दृष्टान्त दिँदै कृतिको बखान गरिन् ।

पुष्कर लोहनीले विदेशीभूमिमा बसेर साहित्य लेख्ने कार्य सहजनभएको तर त्यो कामपौडेलले गरेकोमाआभार व्यक्त गरे ।

कृतिको रुप, शैलीभाषाआधारमा समीक्षागर्दै डा विदूर चालिसेले उपन्यासको सैद्धान्तिक पक्षमाजोड दिनुपर्ने बताए ।

कार्यक्रमको अवसरमाचन्द्रकलाआचार्य, महेश प्रसाद रिजाल, शैलेन्द्र कुमार शाह, राजबाबु श्रेष्ठ ‘सागर’, प्रकाश बस्नेत ‘गफाडी’, देवा अधिकारी, भगवतीअर्याल, तारानाथलम्साल, त्रिभुवनचन्द्र वाग्ले गोकुलअधिकारी, शान्तिशर्मा, रुद्र अधिकारी, गोविन्द नेपाल, ब्रह्मप्रिय प्रेमस्वरुप, संगीता ठाकुर, गंगाआचार्य, सानु शर्मा, रश्मी रिमाल, बेटीबज्राचार्य, रामकुमार पण्डित लगायतका स्रष्टाहरुले कविता, गजल वाचन गरेका थिए ।

ज्योति साहित्य प्रतिष्ठानको आयोजना र विश्व नेपाली साहित्य महासङ्घ नेपालको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *