माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए |
GFNL Hongkong
उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा” गठन गरेको छ भने सचिवमा कवि वल्लभ रोक्का, कोषाध्यक्षमा कवयित्री पूर्णिमा शाह, सदस्यहरुमा कवि डी बी पालुङवा, कवि श्री कुमार चाम्लिङ ‘पूर्वेली’ र कवयित्री सुनिता गिरी चयन हुनुभएको छ ।

उक्त भेलामा अन्य साहित्यकारहरु विमल राई, किन्दर राई, त्रिभुवन लुम्फुङवा, विष्णु कुमार ईङ्नाम, गोविन्द कुमार गुरुङ, तिलक वालाहाङ राई, तिर्थ राई लगायतको उपस्थिति रहेको थियो |

नवगठित समितिका अध्यक्ष ‘आन्छन्’ले विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत अहिले सम्म १७ वटा भन्दा वढी देशहरुमा २२ वटा भन्दा ज्यादा शाखाहरु गठन गरिएको, विश्व व्यापी रुपमा अनलाईन मार्फत कविता, गजल प्रतियोगिता निरन्तर गरिरहेको, नेपाली लगायत अन्य भाषामा पुस्तक प्रकाशन देखि लिएर, अहिलेको वर्तमान स्थितिमा नेपालमा महाभूकम्पद्वारा ज्यान गुमाउन लागेकाहरुको उद्वार गरि योगदान दिने साहसीलाई पचासौं हजार भन्दा ज्यादाको पुरस्कार घोषणा भैसकेको कुरोको अवगत गराउदै आगामी दिनमा हङकङमा पनि यस्ता साहित्यिक गतिविधिहरु अन्य साहित्यिक संस्थाहरुसंग हातेमालो गर्दै निरन्तर कृयाशिल भएर अघि वढिने कुरोको जानकारी गराउनु भएको थियो | अध्यक्ष आन्छन् का ‘कुष्ठित मनका चित्कारहरु सन् २०१४’ कविता संग्रह लगायत सयुक्तमा आधा दर्जन कृतिहरु प्रकाशित छन् ।
gfnl_hongkong2
सो सौहाद्वपूर्ण भेलामा कवयित्री द्वय पूर्णिमा शाह, सुनिता गिरी र कवि विष्णु कुमार ईङ्नाम द्वारा भूकम्पले देश आक्रान्त र कहाली लाग्दो वनाएको विषयलाई लिएर ह्रदय विदारक सृजना पाठ गर्नुभएको थियो /

– वल्लभ रोक्का, हङकङ

71total visits,1visits today

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *