प्रेस विज्ञप्ति ५

यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत १४ सेप्टेम्बर २०१० का दिन काठमाडौमा वरिष्ठ साहित्यकार उषा शेरचन ज्यूको नेतृत्वमा नेपाल शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

विशेषतः नेपाल शाखाले महासङ्घमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी आसवादी रहेका छौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन आग्रह गर्दछौ ।

अन्तमा साहित्य महासङ्घ नेपाल शाखाको भविश्य उज्वल बनोस फलदायी बनोस भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

डा. मधु माधुर्य (रसिया)
के. अध्यक्ष

विश्वास दीप तिगेला (ब्रुनाई)
के. महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *