इजरायलमा साहित्य महासंघ

काठमाडौं – इजरायलमा रहेका साहित्यकारहरूको खरमोनमा भएको भेलाले विश्व नेपाली साहित्य महासंघ इजरायल कमिटी गठन गरेको छ ।

खरमोनमा हिउँ खेल्न भेला भएका उनीहरूले कविता शर्मा घिमिरेको अध्यक्षतामा कमिटी गठन गरेका हुन् । समिति उपाध्यक्षमा कृष्ण रायमाझी, सचिव सावित्रा पाठक, सहसचिव काजल घिमिरे, कोषाध्यक्षमा धर्मराज भण्डारी चुनिएका छन् । सदस्यहरूमा चित्रा खनियाँ, चन्द्रा केसी, दीपेन्द्र थापा, लीला सिटौला र सावित्रा घिमिरे छन् । महासंघका केन्द्रीय सदस्य तथा क्यानाडा कमिटी अध्यक्ष फिल्म निर्देशक हरि शिवाकोटीको आतिथ्यमा भएको भेलामा इजरायलमा भएका स्रष्टाहरुका रचना समेटी डीभीडी निकाल्ने निर्णय भएको अध्यक्ष घिमिरेले फोनमा बताइन् ।

-कास

One thought on “इजरायलमा साहित्य महासंघ

  1. maile pade khusi lagyo,sabai sathiharulai muri2 dhanyabad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *