Live Broadcast from KSA क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह हुदै

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराटि्रय नेपाली साहित्य महासंघ साउदी अरेवियाद्वारा संयुक्त आयोजीत अनलाईन हाजिरी जवाफ प्रतियोगीताको एक वर्ष पुगेको पावन अबसरमा मिति २०६८ साल माघ १३ गते नेपाली समय अनुसार वेलुकी ४ बजे देखी ७ :३० बजे सम्म क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोहको प्रत्यक्ष प्रसारण गर्दैछ हेर्न नभुल्नुहोला ।

क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह हुदै

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा संचालित अनलाइन साहित्यीक हाजिरीजवाफ प्रतियोगीताको क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोहको अन्तीम तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।

महासंघका महासचिव श्री जीवन थापा मगरद्वारा हस्ताक्षरित उक्त प्रेसवक्तब्यमा साउदी अरेवियामा स्थापना भएका सम्पुर्ण संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।

वहांद्वारा हस्ताक्षरित प्रेश वक्तब्यको पुर्ण विवरण यस प्रकारको रहेको छ ।

विषय: प्रेश वक्तब्य
सम्पूर्ण नेपाली साहित्य प्रेमी दाजुभाइ दिदीबहिनीहरुमा
साहित्यिक अभिवादन

उपरोक्त विषयमा विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेविया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा संचालित अनलाइन हाजिरीजवाफ प्रतियोगीताको क्वीज स्मारिका लोकार्पण तथा सम्मान समारोह साथमा विविध संस्कृतिक कार्यक्रमहरु सहित यही जनवरी २७ तारिख शुक्रबारका दिन साउदी अरेवियाको दमाम स्थित पारागन होटेलको हलमा हुने भएकोले साउदी अरेवियामा रहनुभएका सम्पूर्ण संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई पत्र पठाइसकिएको छ । कुनै कारणबस पत्र प्राप्त नभएको भए यसै पत्रलाई आधिकारिक निमन्त्रणा पत्र ठानी तोकिएको मितिमा विहान ठिक ११ बजे उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

उक्त अबसरमा प्रवासी नेपाली डटकमको आठौं बार्षिक उत्सब तथा कार्यक्रमलाई प्रविधिक कठिनाई उत्पन्न नभएमा पिएनएन अनलाईन रेडियोले प्रत्यक्ष प्रसारण गर्ने जानकारी पनि गराउदछौं ।

जीवन थापा
महा सचिव
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *