प्रश्न (राजेन्द्र पहाडी)

उसले मलाई सोध्यो

मान्छे के हो

जीवन के हो

धर्म के हो

कर्म के हो

राख्यो उसको धारणा

पोख्यो उसको वेदना

र सोध्यो महाशय

म मान्छे बन्न सकें कि सकिन
मान्छेको धर्म

मान्छेको कर्म

व्यापार र मिसावट

राजनीति र गिरावट

धोका खाएर बसें

कुण्ठा साँचेर बसें

धेरै पटक जितें

धेरै पटक हारें

जित र हारको दोसाधमा

म मान्छे बन्न सकें कि सकिन
सभ्य जीवनको आशामा

कहिले लहरै लहरा झाङ्गिए

कहिले छहरै छहरा नाङ्गिए

नखाएको विष लाग्यो कि कुन्नी

निर्धा उक्साएको बात लाग्यो

धमिलो पानी पिएको मात लाग्यो

माछा माछा भ्यागुतोको नियती

छल कपट र दुष्ट्याईं हात लाग्यो

चेतना बन्दक राख्नेहरुबाट

षड्यन्त्रको जाल बुन्नेहरुबाट

पेिलंदै र खिइदै

फेरिनु र नफेरिनुको मजधारमा

म मान्छे बन्न सकें कि सकिन
ऋण खाएको छैन कसैको

ज्यान लिएको छैन कसैको

आर्थिक अपचलनको खोट लाग्यो

कमलो हृदयमा चोट लाग्यो

निदर्यी कर्म गरिनँ मैले

कुटिल चाल चालिनँ मैले

जे भनेंँ त्यो गरेंँ

जे गरेंँ त्यो भनेंँ

कथनी र करनीमा

भेद गर्न नसकेको आरोप खेप्दै

सत्य र असत्यको सीमामा

अविचलित उभिएर

जिज्ञाशा राख्छु

महाशय

म मान्छे बन्न सकें कि सकिन

उसले मलाई सोध्यो

मान्छे के हो

जीवन के हो

धर्म के हो

कर्म के हो

– कुश्मा पर्वत

3 thoughts on “प्रश्न (राजेन्द्र पहाडी)

  1. मरुभूमि र छाया

    मरुभूमिमा न बसन्त आएको छ
    नत शिशिर नै
    वर्षा पनि हुँदैन
    फुल पनि फुल्दैन
    सुर्यको किरण र
    बालुवाको बिचमा
    कहिले छाया पनि आउदैन
    आए पनि
    केहि समयको लागि
    किरण र बालुवाको बीचमा
    यो सम्बन्ध
    कति प्रगाड छ
    कुनै फेरबदल छैन
    न कुनै परिवर्तन
    समानता
    निरन्तर स्थिरता
    किरणको प्रहार
    बालुवाको विवसता
    ताप सहेर
    आफुमा लुकाएर
    बालुवा माथिबाट चम्किन्छ
    भित्रभित्रै जल्दछ
    के सम्बन्ध हो यो
    तिम्रो र मेरो
    जस्तै
    किरण र बालुवाको

    (रचनाकार = सुमित बिक्रम शाह )

Leave a Reply

Your email address will not be published. Required fields are marked *