साहित्य महासंघको दोस्रो बैठक सम्पन्न

ब्रुनाई गत २८ फेब्रवरी ११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको दोस्रो इबैठक सम्पन्न भयो ।

वेलायतबाट सल्लाहकार मुरारीराज शर्मा, दुबईबाट समदर्शि काँइला, साउदी अरेवियाबाट सागर श्रेष्ठ, मलेसियाबाट जितमान राई ‘सविन’, जापानबाट तिलक मल्ल, हङकङबाट टंक सम्बाहाम्फे, अमेरिकाबाट भोला शिवाकोटि ,शिवप्रकास, नम्रता गुरागाई, सेसेल्सबाट गणेश खड्का, इराकबाट रामकृष्ण सुनुवार, रसियाबाट गोविन्द प्रसाद गौतम, इजरायलबाट उमा सुवेदी, ब्रुनाईबाट सुरेन्द्र इगनाम र विश्वास दीप तिगेला लगायत अतिथिको रुपमा विश्वविमोहन श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

महासंघका उपाध्यक्ष टंक सम्बाहाम्फेलाई सभापतिमा आसनग्रहण गराएपछि शुरुभएको कार्यक्रमको पहिलो चरण आआफ्नो सिर्जनाहरु बाचनबाट आरम्भ भएको थियो । उपस्थित स्रष्टाहरु मध्ये १४ जनाले आ-आफ्ना सिर्जनाहरु बाचन गरेका थिए ।

महासंघले स्थापना गर्न लागेको पुरस्कार तथा सम्मानको सम्बन्धमा संयोजक तिलक मल्लले आफ्नो कुराहरु राख्नु भएको थियो त्यस्तै गरि ‘नेपाल सम्बन्धि सुचना सुधार कार्यदल’ का संयोजक मुरारीराज शर्माले सबैबाट सहयोगको आस राख्नु भएको थियो । महासंघबाट प्रकाशन हुन लागेको कृतिका कृतिकार रामकृष्ण सुनुवारले पनि आफ्नो विचार राख्नु भएको थियो । अघिल्लो बैठकमा निर्णय भए बमोजिम संरक्षक तथा आजीवन सदस्य बन्नु हुने सबैलाई बधाई ज्ञापन गरिएको थियो साथै केही समय अघि साहित्य महासंघ केन्द्रिय समितिको आर्थिक तथा नैतिक समर्थनमा स्पर्श साहित्यिक मंच सिम्पानी, खोटागले कविता प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको लागि सहयोग गर्नुहुने केन्द्रिय सचिव इन्द्र नारथुङे प्रति धन्यवाद प्रस्ताव पारित गर्यो । महासंघको आर्थिक स्थितीबारे महासचिव र आर्थिक सचिव सुरेन्द्र इङनामले दर्शाउनु भएको थियो । विभिन्न मुलुकहरुमा महासंघको शाखा विस्तारको क्रम चलिरहेको बारे पनि बैठकमा जानकारी गराइएको थियो ।

अध्यक्षको प्रत्येक्ष उपस्थिती हुन नसकेको कारण यसपटकको बैठकले महत्वपूर्ण निर्णयहरु गरेन । अध्यक्ष डा. मधु माधुर्यले भने युक्रेनबाट अनलाइन चाट मार्फत उपस्थिती जनाउनु भएको थियो तर बोल्ने सुविधा नभएको कारण छलफलमा भाग लिनु भएन । अर्को बैठक आउदो २८ मार्चमा बस्ने र प्रत्येक महिना सिर्जना इबाचनको कार्यक्रम राख्ने समेत निर्यण गर्यो । बैठकमा स्काइपी, फेसबुक, जिटक र याहू मार्फत उपस्थिती रहेको थियो भने यसपटक स्काइपी मार्फत अत्यन्तै राम्रो भएको सहभागिले बताएका छन् ।

कार्यक्रमको अन्तमा सभापति टंक सम्बाहाम्फेले हङकङबाट सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमलाई महासचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए ।

 

 

Literature conclave concludes

Added At:  2011-03-02 10:50 AM

RSS

KATHMANDU: The second meeting of the central committee of Global Federation of Nepali Literature concluded recently. Some 14 literary figures had recited their creation on the occasion.

On the occasion, coordinator of the award and honor to be instituted by Federation Tilak Malla and coordinator of taskforce to reform Nepal-related information, Murari Raj Sharma had delivered their presentations.

Participants took part in the meeting through various communication vehicles such as Skype, face book and yahoo.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *