साहित्य महासंघको प्रथम बैठक सम्पन्न – नेपाल सम्बन्धि सूचना सुधार कार्यदल गठन

गत २४ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको प्रथम बैठक विविध विषयमा निर्णय गर्दै सम्पन्न भयो ।

बैठकको शुरुवात अघिल्लो भेलाका निर्णयहरु कार्यन्वयन भएनभएको समिक्षाबाट भएको थियो । महासंघको तत्कालिन कार्यनिधिमा रहेको नेपाल र नेपाली सम्बन्धि विदेसी लेखकहरुले विभिन्न भाषामा लेखेका पुस्तक तथा लेखहरुमा भएका गल्तिहरुलाई औल्याएर सहयोगि सुझाव दिन नेपाल सम्बन्धि सुचना सुधार कार्यदल निर्माण गरेको छ । कार्यदलको नेतृत्व वरिष्ठ लेखक मुरारीराज शर्मा (वेलायत) लाई चयन गरेको छ । शर्मा पूर्व परराष्ट्र सचिव, सयुक्त राष्ट्र संघको लागि नेपाली राजदुत तथा वेलायतको लागि नेपाली राजदुतको कार्यभार सम्हाली सक्नु भएको छ । वहाले संयुक्त राष्ट्रसंघको सुधार तथा संरचनाको बारे २ वटा चर्चित पुस्तक अग्रेजी माध्याममा लेखि सक्नु भएको छ भने मुरारीका कथाहरु संग्रह पनि प्रकाशित छ । यस कार्यदलमा स्पेनिस, फ्रेन्च, चाइनिज लगायतका अन्य भाषा बिज्ञहरुलाई पनि भविश्यमा समावेश गरिने छ ।

महासंघको तत्कालिन कार्यनीतिमा समेटिएको अर्को विषय साहित्यिक स्रष्टा र साहित्यिक संघसंस्थालाई सम्मान तथा पुरस्कार ब्यवस्थाको लागि केन्द्रिय उपाध्यक्ष तिलक मल्ल (जापान) संयोजक र सदस्य द्धय केदार सुनुवार (अफगानिस्तान), उमा सुवेदी (इजरायल) सदस्य रहेको सुझाव समिति निर्माण गरेको छ । समितिले अर्को बैठकमा सुझाव पेश गर्नेछ ।

त्यस्तै गरि महासंघको कार्य चुस्त र प्रभावकारी बनाउन केन्द्रिय सचिवालय निर्माण गर्ने निर्णय गर्यो । अध्यक्ष र महासचिवले बढिमा ७ जना सदस्य रहने सचिवालय आगामी वैठकमा अनुमोदनको लागि प्रस्तुत गर्ने सर्व-सम्मत निर्णय गर्यो ।

महासंघको केन्द्रिय पदाधिकारीहरु सबैले आगामी बैठक अगावै संरक्षक वा आजीवन सदस्य अनिवार्य बन्नु पर्ने निर्णय गर्यो । महासंघको बैठक आउदो फेब्रुवरीमा बस्नेछ ।

अनलाइनको स्काइपीमा सम्पन्न बैठकमा अध्यक्ष डा. मधु माधुर्य (रसिया), उपाध्यक्ष सुरेसजंग शाह (वेलायत), उपाध्यक्ष तिलक मल्ल (जापान), उपाध्यक्ष टंक सम्बाहाम्फे (हङकङ), महासचिव विश्वास दीप तिगेला (ब्रुनाई), कोषाध्यक्ष सुरेन्द्र इङनाम (ब्रुनाई), सदस्यहरु केदार सुनुवार (अफगानिस्तान), जीवन देवान (मलेशिया), उमा सुवेदी (इजरायत), सविन राई (मलेशिया), पार्षदहरु गणेश ठाडामगर (चीन), विनो लामा (मलेशिया), गोविन्द प्रसाद गौतम (रसिया) र सल्लाहकार मुरारीराज शर्मा (वेलायत) को उपस्थिती रहेको थियो । झण्डै ५ घण्टा लामो चलेको बैठकको अन्त्यमा विभिन्न स्रष्टाहरुले कविता र गजल बाचन गरेपछि अध्यक्ष डा. श्रेष्ठले मस्कोबाट बैठक समाप्त भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *