विनेसाम केन्द्रद्वारा भारत शाखासँग सृजना वाचन सम्पन्न

१५ नोभेम्बर २०१५

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित मासिक कार्यक्रम सृजना वाचनको कार्यक्रम १५ नोभेम्बरको दिन साँझ ०६:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो ।
विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा ५७ भन्दा धेरै शाखाहरूमध्ये भारत शाखा एक हो । यो महिनाको सृजना वाचनको कार्यक्रममा भारत शाखालाई लिएर गरिएको थियो । केन्द्रीय महासचिव श्री देविका मंग्राती राईद्वारा सञ्चालित उक्त कार्यक्रमको सभापतित्व केन्द्रीय समितिका उपाध्यक्ष श्री विजय हितानज्यूले गर्नुभएको थियो भने प्राध्यापक डा. विष्णु एस. राईज्यूले प्रमुख अतिथिको भार बहन गर्नुभएको थियो ।

स्वागत सम्बोधन केन्द्रीय उपाध्यक्ष श्री सुनिता राई कान्दङवाज्यूले राख्नु भएको थियो साथै कार्यक्रमलाई फेसबुकमा प्रत्यक्ष प्रसारण पनि गरिदिनुभयो ।
उपस्थित पदाधिकारीज्यूहरूमाः-
केन्द्रीय समितिबाट :-
1. केन्द्रीय उपाध्यक्ष श्री विजय हितान (यु.के.)
2. केन्द्रीय उपाध्यक्ष, श्री गोविन्दप्रसाद गौतमज्यू (रसिया)
3. केन्द्रीय उपाध्यक्ष, श्री सुनिता राई कान्दङवाज्यू (जापान)
4. केन्द्रीय महासचिव श्री देविका मंग्राती राईज्यू (भारत)
5. श्री कल्पना पौडेल जिज्ञासुज्यू (सांगठन सचिव) नेपाल
6. श्री मनिराज सिंहज्यू (अध्यक्ष, विनेसाम नेपाल शाखा) नेपाल
7. श्री रितादेवी प्रधानज्यू, केन्द्रीय सदस्य (अमेरिका)
8. श्री कृष्णप्रसाद गौतमज्यू ,(केन्द्रीय सदस्य) नेपाल
9. श्री ऋषिराम सापकोटाज्यू, (केन्द्रीय सदस्य) नेपाल
10. श्री मोहनराज खनाल, (केन्द्रीय सदस्य) म्यानमार आदि उपस्थित हुनुहुन्थ्यो ।
11. सल्लाहकार प्रा.डा. भीम खतिवडाज्यू नेपाल (जोडिनु भयो) साथै
12. केन्द्रीय उपाध्यक्ष डा. मनमूर्ति भुर्तेलज्यू रसियाबाट जोडिनु भयो, तर प्राविधिक समस्याले गर्दा छुटिनु भयो ।

सृजना वाचनको कार्यक्रममा भारतबाट सिर्जना वाचन गर्नुहुने सर्जकहरूमा-
1. श्री राहुल राई बोगिकोज्यू , अध्यक्ष (शुभकामना/मन्तव्य)
2. प्रा. नवीन पौड्यालज्यू । सल्लाहकार (गजल)
3. श्री ग्याल्पो लामाज्यू , सल्लाहकार (तामाङ सेलो)
4. श्री पेम नर्बु शेर्पाज्यू , कार्यकारी अध्यक्ष (कविता)
5. श्री मोहन गौतमज्यू , महासचिव (मुक्तक)
6. श्री विजय मुखिया बिम्बज्यू , सांगठन सचिव (गजल)
7. श्रीमती द्वारिका बराइलीज्यू, कोषाध्यक्ष (मुक्तक)
8. श्री बि.के मुखियाज्यू, सदस्य (गजल)
9. श्रीमती सरोजिनी देवानज्यू, सदस्य (लघुकथा)
10. श्रीमती सरस्वती क्षेत्री शर्माज्यू, सदस्य (लघुकथा)
11. श्रीमती अप्सरा शर्माज्यू , सदस्य (गजल)
12. श्री गिरिधारी उपाध्यायज्यू, सदस्य (गजल)
13. श्री गोपाल के. क्षेत्रीज्यू, सदस्य (शुभकामना)
14. श्रीमती तारा फुयालज्यू (वाचन गर्नुभएन)
15. श्री शरद बरालज्यू (वाचन गर्नुभएन)

केन्द्रीय समितिबाट सिर्जना वाचन गर्नुहुने पदाधिकारीज्यूहरूमा :-
1. कार्यक्रमका सभापति श्री विजय हितानज्यू,
2. प्रमुख अतिथि प्रा.डा. विष्णु एस. राईज्यू
3. श्री देविका मंग्राती राई, केन्द्रीय महासचिवज्यू
3. श्री रितादेवी प्रधानज्यू
4. श्री मणिराज सिंहज्यू
5. श्री कृष्णप्रसाद गौतमज्यू
6. श्री मणिराज खनालज्यू
7. श्री ऋषिराम सापकोटाज्यू आदि ।
सृजना वाचन पश्चात प्रमुख अतिथिज्यूले महत्वपूर्ण मन्तव्य राख्नुभयो अनि अन्तमा कार्यक्रमका सभापतिज्यूले सबैलाई आभार व्यक्त गर्नुहुँदै विनेसामलाई अझै धेरै देशहरूसँग जोड्ने, शाखाहरू बनाएर विनेसामलाई अझ सक्रिय र वृहत बनाउनु पर्छ, हामी कोसिसमा छौँ भन्नुहुँदै धेरै कुराहरू राख्नुभयो । अन्त्यमा सभापतिज्यूले सबैलाई आभार व्यक्त गर्नुहुँदै कार्यक्रमको समाप्तिको घोषणा गर्नुभयो ।

देविका मंग्राती राई
महासचिव
विनेसाम, विश्व केन्द्रीय समिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *