प्रदेश एक घोषणा तथा शुभकामना आदानप्रदान

०८ अक्टोबर ०२४

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा कोशी प्रदेश गठन तथा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम भर्चुवल माध्यमबाट सम्पन्न भयो ।

विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षता र डा. घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा ऋषिराम सापकोटाले स्वागत मन्तव्य साथै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेलले डा. देवी पन्थी अध्यक्ष रहेको १६ सदस्यीय विनेसाम कोशी प्रदेश समितिको घोषणा गर्नु भएको थियो ।

विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी र महासचिवसुनिता राई कन्दङ्वा विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा नवगठित समितिका अध्यक्ष डा. देवी पन्थीले प्रतिवद्धता सहितको मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विनेसाम केन्द्रीय पदाधिकारीहरु, विनेसामका ७ प्रदेश र १३ जिल्लाबाट अध्यक्ष सहितको पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपस्थित दुई दर्जन भन्दा बढी स्रष्टाहरूले शुभकामना आदानप्रदान तथा रचना वाचन गरेका थिए ।

लेक प्रसाद प्याकुरेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुले नव गठित कार्य समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

नव गठित कोशी प्रेदेश समिति यस प्रकार रहेको छ . .

१. डा. देवी पन्थी- अध्यक्ष, मोरङ ।
२. रमेन्द्र कोइराला – उपाध्यक्ष , सुनसरी ।
३. बोधकुमार घिमिरे – महासचिव ,उदयपुर ।
४. पोम रेग्मी – सचिव , तेह्रथुम ।
५. भूपाल अधिकारी- सहसचिव , मोरङ ।
६. सुजाता राई,- कोषाध्यक्ष , धनकुटा ।
७. मेघनाथ बन्धु खनाल-सदस्य , झापा ।
८. तारा घिमिरे – सदस्य, संखुवासभा ।
९. हेल्लोक मनिष – सदस्य, ताप्लेजुङ ।
१०. लिलानाथ सिलवाल -सदस्य , सुनसरी ।
११. राधिका शर्मा-सदस्य ,मोरङ ।
१२. भवानी तावा- सदस्य ,पाँचथर ।
१३. नन्दकुमार सुब्बा – सदस्य ,इलाम ।
१४. पुष्पा राई- सदस्य , खोटाङ ।
१५. अधिकारी विमला – सदस्य , पाँचथर ।
१६. भीम विरही (राई)- सदस्य ,भोजपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *