पालुवाको तेस्रो शृंङ्खाला भव्य रुपमा सम्पन्न

१६ जुन २०२२,

विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा, प्रदेश न: १ द्वारा आयोजित नियमित सिर्जना वाचन कार्यक्रम ”पालुवा”को तेस्रो शृंङ्खाला आज (२ गते असार २०७९) बिहिवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो ।

विनेसाम नेपाल प्रदेश न: १ का अध्यक्ष मुना सिग्देलको सभापतित्व, नेपाली साहित्यमा एलाक अभियानबाट आफ्नो छुट्टै परिचय बनाउँन सफल श्री डम्बर पहाडी’एलाक’को प्रमुख आतिथ्य तथा विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विनेसाम नेपाल शाखाका पूर्वाध्यक्ष-वर्तमान सल्लाहकार श्री मणिराज सिंह, विनेसाम म्यान्मा शाखाका अध्यक्ष श्री मोहनाराज खनाल, विनेसाम नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल ‘जिज्ञासु’ विशिष्ट अतिथि साथै विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा अतिथि लगायत संस्थाका पदाधिकारीहरु, आजीवन सदस्य सर्जकहरु जोडिनु भएको थियो ।

तारा कार्कीको स्वागत मन्तव्यसँगै कार्यक्रमले वाचनतर्फ गति लियो । उपस्थित् सबैले विभिन्न विधामा सुन्दर सिर्जनाहरु वाचन गर्नु भयो । आजका प्रमुख अतिथि डम्बर पहाडी ‘एलाक’ले एलाक सुरुवात, संघर्ष, पंचायतकालमा कविता लेखेकै कारण आफ्नो दसबर्षे जागिर खोसिएकोदेखि थुप्रै अनुभूतिहरु साझा गर्दै एलाक कविता सुनाउनु भयो र आज यस विशेष साहित्यिक कार्यक्रम ”पालुवा’को तेस्रो शृंङ्खालामा प्रमुख अतिथिको यो सम्मानका निम्ति आभार व्यक्त गर्नु भयो ।

आजको कार्यक्रम ‘पालुवा’को तेस्रो शृंङ्खालामा उपस्थित…
१) कृष्ण प्रसाद गौतम = सल्लाहकार ।
२) मुना सिग्देल = संस्थाका अध्यक्ष, आजको सभापति
३) डम्बर पहाडी ‘एलाक’ = प्रमुख अतिथि
__ विशिष्ट अतिथि ___
५) सुरेन्द्र लिम्बू परदेशी = अध्यक्ष- विनेसाम केन्द्र
६) मणिराज सिंह = पूर्वाध्यक्ष, वर्तमान सल्लाहकार – विनेसाम नेपाल
७) मोहनराज खनाल = अध्यक्ष – विनेसाम माय्न्मा शाखा
८) कल्पना पौडेल ‘जिज्ञासु’ = अध्यक्ष – विनेसाम नेपाल शाखा

९) सुनिता राई कन्दङ्वा ।
१०) केशु पोखरेल ।
११) कमला भण्डारी ढकाल ।
१२) लिलानाथ सिलवाल ।
१३) तारा कार्की ।
१४) दुर्गा नेपाली ।
१५) इन्दिरा गौतम ।
१६) सुशिला भट्ट कट्टेल ।
१७) रमेंद्र कोइराला ।
१८) प्रतिमा गुरुङ ।
१९) हिरा पराजुली ।
२०) निराजन लुइँटेल ।
२१) सुमन मेवाहाङ ।

अन्त्यमा, विनेसाम नेपाल शाखा, प्रदेश न: १ को मासिक कार्यक्रम ‘पालुवा’को तेस्रो शृंङ्खालाको संचालन संस्थाका सचिव सुमन मेवाहाङ्ले गरे भने आजको यो विशेष सिर्जना कार्यक्रममा आफ्नो अमूल्य समय दिएर उपस्थित भैदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, आजीवन सदस्यहरु, संस्थाका सल्लाहकार तथा पदाधिकारी लगायत सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमकी सभापति तथा संस्थाकी अध्यक्ष मुना सिग्देलले सुन्दर सिर्जनामय कार्यक्रमको समापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.