विश्वास (हस्त गौतम -मृदुल)

(गीत)

विश्वास कसरी गरुँ म, छेपारो झै रंग फेर्नेलाइ।

कसरी सम्बन्ध गाँसु म, संकाको दृष्टिले हेर्नेलाइ।।

एउटै सपना भत्कायर, आत्मीयता पनि तोडी दियौ।

व्याँसोकै त्यो हैसियतमा, बाघको छालानै ओडी दियौ।

एउटै लक्ष्यको यात्रामा, पाइला नै अन्तै मोडी दियौ।

अलपत्र पारी बिचबाटोमा, आखिरमा एक्लै छोडी दियौ।

भरपर्दो कसरी ठानु म, पिपल पाते चरित्रलाइ।

कसरी स्वीकारुँ आत्माले, धोकेबाजीको नियतीलाइ।

आपसी हितलाइ छोडी, अनगिन्ती इक्षा मारी दियौ।

निहित स्वार्थ पुरा गर्न, ओझेल भित्र पो पारी दियौ।

बाँदरको चाल देखाइ, नैतिकता माथी नै हाक दियौ।

खोक्रो पारी अस्तित्वलाइ, अन्तमा आइ फयाँक दियौ।

संगत कसरी गरु म, दही चिउरे संस्कार देखी।

सकुनीको पासा खेल्ने, ल्यायको रहेछौ भाग्य लेखी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *