१६ मे २०२२
विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले (२ गते जेठ २०७९/१६ मे २०२२) ”चिन्तन र बोधिविमर्श” शिर्षकमा २५६६ औँ बुद्धजयती कार्यक्रम भर्चुअल माध्यमबाट भव्य रुपमा सम्पन्न गर्यो ।

विनेसाम, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको स्वागत मन्तव्यसँगै गति लिएको उक्त कार्यक्रमका सभापति संस्थाका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यू, सदस्य सचिव तथा दर्शन विभाग प्रमुख नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ प्रा. गजतप्रसाद उपाध्यायज्यूको प्रमुख आतिथ्य रहेको थियो भने बौद्ध गुरुज्यू, बुद्ध दर्शन सम्बन्धी विशेष व्यक्तित्वहरूको उपस्थितिले बुद्ध जयन्ती कार्यक्रम अझ विशेष बनेको थियो ।
- बुद्धको जन्म नेपालको लुम्बिनीमा ई.पू. ५६३ मा भएको थियो ।
- निर्वाण/ज्ञान प्राप्ति (बोधगयामा) ई.पू. ५२५ मा ।
- महापरिनिर्वाण (कुशीनगरमा) ई.पू. ४८३ मा भएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख पूर्णिमाका दिन भएको यस विशेष दिनमा संसारभर वहाँलाई श्रद्धापुर्वक सम्झने प्रार्थना गर्ने गरिन्छ ।

आजभन्दा पच्चीससय वर्षअघि मनाव, चराचरका निम्ति बुद्धले दिनुभएको त्यो ज्ञान आजपनि उत्तिकै सान्दर्भिक छ । कार्यक्रम ”चिन्तन र बोधिविमर्श” कार्यक्रममा बौद्ध गुरुहरू, बुद्ध दर्शनमा विद्यावारिधि गर्नुभएका विद्वानहरू र गरिरहनु भएका प्रबुद्ध व्यक्तित्वहरू, विभिन्न विश्वविद्यालयका विभागीय प्रमुखहरू, दर्शनका अध्येताहरूबाट अत्यन्त गहन र सान्दर्भिक अभिव्यक्तिहरू प्रस्तुत भएका थिए ।
उक्त विशेष कार्यक्रममा उपस्थित रहनु भएका विशेष व्यक्तित्वहरू :
१) प्रमुख अतिथि : प्राज्ञ प्रा. गजतप्रसाद उपाध्याय (सदस्य सचिव तथा दर्शन विभाग प्रमुख-नेपाल प्रज्ञाप्रतिष्ठान)
- बोल्ने विषय ~ बुद्ध दर्शनमाथि आफ्नो दृष्टिकोण ।
__ विशिष्ट अतिथिज्यूहरू :
२)- श्री भिक्षु मगर मेधान्कर : बौद्ध गुरु तथा बुद्ध दर्शनका ज्ञाता (नेपाल)।
३) डा विजय मेगी लामा : बुद्धगुरु, बुद्धिजममा विद्यावारिधि गर्नु भएका विद्वान (सिक्किम) ।
४) प्रा. डा. गङ्गाप्रसाद प्रसाईं : कुलपति, त्रिपुरा विश्वविद्यालय, भारत ।
५) प्रा. डा. गोविन्दराज भट्टराई : वरिष्ठ विद्धन, उत्तरआधुनिकता र डायस्पोराका ज्ञाता, त्रिभुवन विश्वविद्यालय काठमाण्डौ ।
६) प्रा. डा. कृष्णराज घतानी : विभागीय प्रमुख, उत्तरबङ्ग विश्वविद्यालय, भारत ।
७) प्रा. डा. नलिनरञ्न सिंह : जेएनपीजी कलेज लाखानाऊ तथा जनवादी लेखक संघ उत्तरप्रदेश, भारत ।
८) डा. देउचन्द्र सुब्बा : सिक्किम विश्वविद्यालयमा सिक्किम, भारत ।
९) श्री कृष्ण धरावासी : वरिष्ठ साहित्यकार तथा लीलाबोधि चिन्तक, अमेरिका ।
१०) प्राज्ञ कविता आले : चर्चित लोक-गायिका, अभिनेत्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी पूव-विभागीय प्रमुख ।
११) श्री इन्द्रमान सुब्बा : बुद्ध दर्शनमा विद्यावारिधि गरिरहेका, काशी हिन्दू विश्वविद्यालय, वाराणसी भारत ।
१२) श्री मौसम शर्मा : बुद्ध दर्शनमा विद्यावारिधि गरिरहेका, काशी हिन्दू विश्वविद्यालय, वाराणसी भारत ।
१३) श्री विधुप्रकाश कायस्थ : सम्पदा अभियन्ता तथा सक्रिय समाजसेवी, नेपाल ।
१४) रत्नवज्र लामा : समाजसेवी, नेपाल ।
१५) पद्मश्री लीलबहादुर छेत्री : वरिष्ठ साहित्यकार, गुवाहाटी असम भारत ।
_ प्रत्यक्ष उपस्थिति :
१६) रीतादेवी प्रधान (अमेरिका)
१७) डा. लेखनाथ काफ्ले (ताइवान)
१८) डा. मनमुर्ति भुर्तेल (मस्को/रसिया)
१९) मुना सिग्देल (मोरङ/नेपाल)
२०) कल्पना पौडेल जिज्ञासु (नेपालगन्ज/नेपाल)
२१) ऋषिराम सापकोटा (नेपालगन्ज/नेपाल)
२२) सिन्धु पौडेल (इजरायल)
२३) शान्त गुरुङ्ग (धरान, नेपाल)
२४) डेन्जोम साम्पाङ्ग (अमेरिका)
२५) रन्जु पाण्डे (काठमाण्डौ/नेपाल)
२६) गीतबहादुर छन्त्याल (बेलायत)
२७) दुत पुन मगर (बेलायत)
२८) केशु पोखरेल (चितवन/नेपाल)
२९) यामनाथ सुबेदी (नेपाल)
३०) देविका मंग्राती राई (खर्साङ्ग)
३१) सुमन मेवाहाङ् (मोरङ/नेपाल)
३२) शान्तिराम वाग्ले (नेपाल)
३३) केबी पौडेल (काठमाण्डौ/नेपाल)
३४) सीता बिष्ट कार्की (काठमाण्डौ/नेपाल)
३५) रमेन्द्र कोइराला (इनरुवा/नेपाल)
३६) सीतादेवी छेत्री (मणिपुर/भारत)
३७) शन्ध्या छेत्री
३८) गीता अर्याल (बाँके/नेपाल)
३९) बसु श्रेष्ठ (काठमाण्डौ/नेपाल)
४०) प्रतिमा शाह
४१) अनु विज्ञति (मोरङ/नेपाल)
४२) हेमा आले (नवलपुर नेपाल)
४३) डा नाज सिंह (दिल्ली/भारत)
४४) सुनिता राई कन्दङ्वा (इजरायल)
४५) सुरेन्द्र लिम्बू परदेशी (भारत)
आदि ।
अन्त्यमा,
विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित २५६६औँ बुद्ध जयन्ती कार्यक्रम ”चिन्तन र बोधिविमर्श”को सञ्चालन संस्थाकी महासचिव सुनिता राई कन्दङ्वाले गरेकी थिइन् । आजको यस विशेष कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्विकार गरेर आफ्नो अमूल्य समय प्रदान गरि गहन, सान्दर्भिक र उच्च अभिव्यक्ति दिनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरूलाई विशेष सम्बोधन गर्दै उपस्थित अतिथिज्यूहरू, संस्थाका आजीवन सदस्यज्यूहरू, विनेसामका विभिन्न शाखा र उपशाखाबाट उपस्थित पदाधिकारीज्यूहरू, विनेसाम केन्द्रीय समितिका पदाधिकारीहरू लगायत भर्चुअल माध्यमबाट साथ दिनुहुने समस्त सुन्दर मनहरूलाई हार्दिक हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रमका सभापति विनेसाम, केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूले कार्यक्रम समापन भएको औपचारिक घोषणा गर्नु भएको थियो ।
धन्यवाद ।



