सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)

सर्मायौ कि ! बेहुलीको घुम्टो ओढिदा
सिउदो सँग साटिएको नाता जोडिदा

पराईको साथ रोज्नु तिम्रो कर्म अरे
नयाँ घर बसाउनु तिम्रो धर्म अरे
तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा

सृष्टी धान्न आफूलाई फूलाउनु पर्ने
रित रैछ भवरालाई डुलाउनु पर्ने
झस्कियौ कि ! माली पसी फूल गोडिदा
सिउदोसँग साटिएको नाता जोडिदा

– बोधे ९ धनकुटा
हाल: मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *