विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न

माघ ४,

विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा गजलकार संगम सुधाको  गजल संग्रह असिनाको फूल  कालेबुङ कुमुदिनी विद्यालयको धर्म हलमा लोकार्पण गरियो।

विनेसामको अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा प्रमुख अतिथी पेदोङ सरकारी महाविद्यालयको प्राचार्य नविन पौडयालको उपस्थितिमा भव्य एवं स्तरीय कार्यक्रमबीच असिनाको फूलको लोकार्पण भएको थियो । यस महत्वपूर्ण कार्यक्रमा विशिष्ट अतिथिको‌ रुपमा क्रमैले वरिष्ठ साहित्यकार गुप्त प्रधान, कथाकार शमसेर अली, डा.साङमु लेप्चा, संस्थाको सल्लाहकार सुकराज दियाली, कोषाध्यक्ष कृष्ण पी ठटाल, महासचिव सुमित्रा अबिरल, कवयत्री मञ्जुला तामाङ‌ सुब्बा, देविका मंग्राती राई, गायिका सोनू राई उपस्थित थिए ।

विभिन्न स्थानहरुबाट आउनु भएको साहित्यिक सर्जकहरुको उपस्थितिले कार्यक्रम सफल भएको थियो । नुरन राई जुदुले संचालन गरेको यस कार्यक्रममा संस्थाकी मूल सचिवा  सुमित्रा अबिरलले स्वागत भाषण राखेकी थिइन् । कवियत्री देविका मंग्रातीले गजलकार संगम सुधाको सविस्तार परिचय राखिन् ।

यस महत्वपूर्ण कार्यक्रममा गजलकार निरु बिन्दु, रचित छेत्री, अमरकृत राईले आफ्नो रचनाहरु प्रस्तुत‌ गरे । यस कोरोनाकालको साहित्य संरक्षण अनि सम्बर्द्धन गर्नमा सहयोग पुर्याउने फेसबुक पेजका संस्थापकहरु तथा केही इलेक्ट्रोनिक् मिडियालाई पनि सम्मान जनाइएको थियो ।

मुख्य अतिथि तथा अतिथिगणको बाहुलीबाट असिनाको फूल नामक कृतिको लोकार्पण गरिएको थियो I कवयत्री मंजुला तामाङ्ग सुब्बाले धन्यवादज्ञापन गर्नु भएको थियो I अन्त्यमा कार्यक्रमका सभापति अध्यक्ष राहुल राई बोगीकोले सम्पूर्णमा आभार व्यक्त गर्दै कार्यक्रम समाप्तिको घोषणा गरे I