के वर मागी फर्क्यौ (रमेश पौडेल)

(गीत)

के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित

दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित

मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रैछ

निधारको टीकामाथि सिउँदो त्यसै खाली रैछ

वर माग्दा फूल सिन्दुर माग्नु दिन्छन् भने देउतासित

दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित

जिन्दगीमा कसैसँग आखिर नाता जोड्नै पर्छ

अरुले झै तिम्ले पनि जन्मघर त छोड्नै पर्छ

स्वर्गजस्तै घर माग्नु दिन्छन् भने देउतासित

दुनियाँलाई नभने नि भन्नै पर्छ एउटासित

– रेडियो नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *