युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)


गत ३० मार्च २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले अर्थ आवर २०१९ मनाएको छ ।

विभिन्न स्रष्टाहरुले ग्लोवल वमिङ र त्यसको असर न्यूनीकरणबारे आब्हान तथा चेतनामुलक सिर्जनाहरु प्रस्तुत गरेर अर्थ आवर मनाएका हुन । पृथ्वी र पृथ्वीका प्राणीहरुको रक्षा गर्न ग्लोवल वमिङ वढन दिन नहुने सन्देश बोकेका कविता, गीत, संगीत र विचारहरु पस्केका थिए ।

अर्थ आवर सम्बन्धि कविता अमित थेवे, लाहाङ चेम्जोङ, स्थानीय अंग्रेज कविद्धय फेलिसिटी डि कोय, मुरे होलवुड, औतारि साइला, सेमन्त राई, सुरेन्द्र इङनाम, विजय हितान र विश्वास दीप तिगेलाले वाचन गरेका थिए भने थीर थापाले अर्थआवर सम्बन्धि गीत पस्कनु भएको थियो । राई र ईगंनामले मिठो बाँसुरीको धुन पनि सुनाउनु भएको थियो । भावेश भुमरीको कृति भिसाको रंग माथि गणेश पुनले समिक्षा गर्नुभयो भने विजय हितानकृत कृति इको उत्सर्जनको बारे अमित थेवेले शुक्ष्म समिक्षा गर्नुभयो । कार्यक्रमलाई नेफिन युकेका पूर्व अध्यक्ष तुल छन्त्यालले शुभ कामना मन्तब्य राख्नु भयो ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष आउदो २०२० को जुन महिनामा अन्तर्राष्ट्रिय स्तरको नेपाली ईको साहित्य सम्मेलन काठमाडौंमा विश्व नेपाली साहित्य महासङ्घ लगायतको संलग्नतामा गरिने कार्यक्रमको निम्ति एक हजार जना प्रत्येकबाट एकएक पाउण्ड र नेपालको हकमा नेरु एकसय उठाउने कार्यक्रमको घोषणा भयो । ईको साहित्य कार्यक्रमका संयोजक विजय हितानले उक्त घोषणा गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथी विएफविएस गोर्खा रेडियो सर्नकिल्फका प्रिन्सिपल स्टेसन प्रमुख योगराज राईलाई महासङ्घका केन्द्रीय पूर्व अध्यक्ष विश्वास दीप तिगेलाले खदा लगाईदिई स्वागत तथा सम्मान गर्नुभयो । कार्यक्रमको सभापति निवर्तमान शाखा अध्यक्ष तथा संयोजक विजय हितानले गर्नुभएको थियो भने शाखाका महासचिव थीर थापाले संचालन गर्नुभएको थियो ।

वल्डवाईड फण्ड फर नेचर (डब्लुडब्लुएफ) ले सन् २००७ देखि अष्ट्रेलियाको शिडनीबाट साँझ ८.३० देखि ९.३० सम्म विजुली बत्ति निभाएर ग्लोवल वर्मिङ कम गरौ भन्ने सन्देश दिन शुरु भएको हो । यस बर्षको अर्थ आवर ३० मार्च कै परेको थियो । सन् २०१६ को अर्थ आवर कार्यक्रम कै दिन साहित्य महासङ्घ साउथ युके शाखाको स्थापना भएकोले उक्त दिनको पनि सम्झना गरिएको थियो । स्मरण रहोस प्रत्येक एक शताब्दिमा २ डिग्री गर्मि बढने र त्यसलाई १.५ डिग्रीमा न्यूनिकरण गर्न विश्वब्यापी कार्यक्रमहरु भईरहेका छन् भने तापक्रम बढ्नाले अन्टार्टिकाका हिँउहरु पग्लिएर सानो टापु मार्सल आइसल्याड र माल्दिभ्स जस्ता डुब्दै गएका छन् ।