साहित्य सम्मेलन बारे पत्रकार सम्मेलन (भिडियो सहित)

गत ४ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य सम्मेलनका आयोजक तथा ब्यवस्थापक समितिले एक पत्रकार सम्मेलन गरि आउदो १२ अगष्टको दिन युकेको सबैभन्दा पवित्र साहित्यिक भूमि क्यान्टवरीमा सम्मेलन हुने कुरा जानकारी दिएका छन् ।

महासङ्घ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा यो सम्मेलन हुने भएको हो ।

महासङ्घको विभिन्न मुलुकका प्रतिनिधी, नेपालबाट यस सम्मेलनको निम्ति आमन्त्रित प्रोफेसर तुलसी दिवस, प्राडा गोविन्द भट्टराई लगायत, प्राडा. नोवलकिसोर राई, समालोचक खगेन्द्र संग्रौला, भारतीय हिन्दी साहित्यकार तेजेन्द्र शर्मा, जर्मन प्रोफेसर बि च्यान्लरको उपस्थिती रहने छ । सम्मेलन क्यान्टवरी सिसि यूनिभरर्सिटीको हलमा सुसम्पन्न हुनेछ । सम्मेलनमा आमन्त्रित अतिथिहरु लगायत पूर्व राजदुत मुरारीराज शर्मा, विजय हितान, भावेश भुमरी आदिको प्रिजन्टेसन समेत हुनेछ । कार्यक्रम युकेका निम्ति नेपालका राजदुत महामहिम डा.दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा हुनेछ ।

सम्मेलन ४ दिवसिय हुनेछ । ११ अगष्टमा सम्मेलनमा सहभागि हुन आउनु भएका पाहुनाहरुलाई दुतावासमा स्वागत कार्यक्रम राखिएको छ । दोस्रो दिन १२ अगष्टमा मुख्य सम्मेलन, तेस्रो दिन १३ अगष्टमा साहित्यिक भ्रमण र चौथो १५ अगष्टमा सम्मेलन सहआयोजक नेपाली साहित्य विकास परिषदद्धारा स्वागत कार्यक्रम रात्रीभोज सहित भेटघाट कार्यक्रम हुने भएको छ ।

सम्मेलनमा नेपाली साहित्यमा सच्चयाउनु पर्ने, सुधार र विकास गर्नुपर्ने ज्यादै महत्वपूर्ण विषयहरुमाथि गम्भिर छलफल र बहस हुनेछ । प्रवेश निशुल्क रहनेछ । यस सम्मेलनको निम्ति ५७ सदसिय आयोजक तथा ब्यवस्थापक समिति पनि निर्माण गरिएको पनि संयोजक केदार सुनुवार संकेतले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा संयोजक संकेत, केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेला, साहित्य महासङ्घ साउथवेष्ट शाखाका अध्यक्ष लालसुन्दर राई र साउथ इष्ट शाखाका सदस्य अमित थेवे लगायतको उपस्थिती रहेको थियो । पत्रकारका प्रश्नका उत्तर अध्यक्ष तिगेला र संयोजक संकेतले दिएका थिए ।

सम्मेलनमा विभिन्न ५ वटा कृति विमोचन हुनेछ भने । पूर्व घोषित सम्मानहरु समर्पण गरिनेछ । सम्मेलन भब्य र सभ्य बनाउन आयोजकले सबै संग साथ र सहयोगको आग्रह पनि गरे ।

Conference of Global Nepali Literature


Global Federation for Nepali Literature’s (GFNL) has been working in Nepali Literature for almost a decade. This GFNL is going to organise the 2nd “Conference of Global Nepali Literature” on 12 August 2018, at Canterbury CC University Hall in Canterbury, UK.

There will be international delegates, high profile literary figures, The Ambassador of Nepal and many poets will be taking part. It will be a significant conference therefore, to make the event successful, we would like to request your attendance, contribution and support. We would like to welcome everyone.

Date: 12 Aug 2018
Time: 11 am
Place: Michael Berry Lecture Theatre Room No Og46, Canterbury Christ Church University, North Holmes Rd, CT1 1PL

Contact: gfnl@ymail.com (or) 07454496699, 07468491311