साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति


गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ ।

भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपाली मञ्चका अध्यक्ष तीर्थ गौतम लगायतले भानुको बारेमा बोल्नु भएको थियो ।

सानु खतिवडाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गणेश गौतम लगायतले बोल्नु भएको थियो । संस्थाकी महिला प्रमुख श्रीमती अनिता राईको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रमलाई सचिव भिमा थापा कार्कीले संचालन गर्नुभएको थियो भने सभापति शाखाकी अध्यक्ष सानु गुरुङले गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाहरुको बाक्लो उपस्थिती रहेको थियो ।