आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराइन्छ ।

बैठकले यस बर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखालाई घोषणा गरेको छ । उत्कृष्ट शाखा बन्न सफल साउथ युके शाखालाई बधाई । यस अघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भईसकेका छन् ।

विश्व सम्मेलनको निम्ति सबैबाट साथ र सहयोगको हार्दिक अनुरोध गर्दछौ ।

डा. लेखनाथ काफ्ले
महासचिव (ताईवान)

 

विश्वास दीप तिगेला
अध्यक्ष (युके)

२९ मार्च २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *