साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)


गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ ।

साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठले बच्चाको बुबा टंक तामाङ र बच्चाको आमालाई कान्ति बाल अस्पताल नै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा इजरायल शाखाको प्रतिनिधि पदम शर्मा ढुंगनाको पनि उपस्थिती रहेको कुरा सचिव बिमला शर्मा ढुंगानाले जनाउनु भएको छ ।

बच्चाका आमा बुबाले सहयोगीहरु सबैलाई आभार ब्यक्त गरेका छन् । साहित्य महासङ्घ इजरायल शाखा कृति, प्रकाशन, साहित्यिक कार्यक्रम र समाजसेवामा सक्रिय रहेका छन ।

बिश्व नेपाली साहित्य मंहासंघ इजरायल शाखाले सहयोग गरेको छ ।

जन्मिए देखि नै मुटुमा समस्या भएपछि घरको आर्थिक अबस्था कमजोर भएको सज्ञानको उपचारका लागि बिश्व नेपाली सहित्य महासंघ इजरायल शाखाका अध्यक्ष सानु गुरुङको संयोजनमा संकलन भएको रकम केन्द्रिय उपाध्यँक्ष सागर श्रेष्ठ र पदम ढुंगानाले सयुक्त रुपमा बालकको परिवारलाई हस्तारण गरिएको छ ।


सहयोग गर्नु हुने सहयोगी मनहरुको नामावली र सहयोग रकम यस प्रकार रहेको छ ।
१. कमल गुरुङ .१०० सेकेल
२. डम्बर गुरुङ .१०० सेकेल
३. सिमु गुरुङ .५५ सेकेल
४. पशुपति गुरुङ .५५ सेकेल
५. मिथ्थु गुरुङ . ५५ सेकेल
६. सानु गुरुङ .१०० सेकेल
७. डिक कुमार गुरुङ .५५सेकेल
८. आशा गुरुङ .५५ सेकेल
९. निरु गुरुङ .५५सेकेल
१०. हरिमाया गुरुङ .५५सेकेल
११. दुर्गा गुरुड।.५५स्केल
१२. निलम भुसाल.५० सेकेल
१३. तुलसी पाण्डे. ६० सेकेल
१४. बिमला शर्मा ढुंगाना .५५ सेकेल
१५. अम्बिका याम्फुूअनमोल.५० सेकेल
१६. शान्ता खवास. ५० सेकेल
१७. सिन्धु पौडेल. ५० सेकेल
१८. कल्पना चाम्लीगं राई .५१ सेकल
१९. निर्मला ढकाल .५५ सेकल
२०. शान्ता अधिकारी ज्ञवाली .५५ सेकल
२१. रित्ता गुरुङ .५५ सेकल
२२. दीप कुमार राई .१०१ सेकल
२३. रुबि क्षेत्री .५५ सेकल
२४. आरती कार्की .१०१ सेकल
२५. अर्चना गुरुङ .१०५ सेकल
२६. रितु गुरुङ . १०० सेकल
२७. लिला गुरुङ .५५ सेकल
२८. बिन्दु गुरुङ .५५ सेकल
२९. खुशी घले . ५५ सेकल
३०. आशा तमु .५१ सेकल
३१. दिप्ती गुरुङ .५५ सेकल
३२. तारा आले .१०५ सेकल
३३. सुनिता राई . ५१ सेकल
३४. नितु खतिवडा .५०सेकल
३५. जानुका खड्का .५५ सेकल
३६. आरोह श्रेष्ट . ५१ सेकल
३७. इन्द्रा गुरुङ .५५ सेकल
३८. दिपेन्द्र थापा .५१ सेकल

बिमला शर्मा ढुंगाना
सचिव
विश्व नेपाली साहित्य महासंघ शाखा इज़रायल परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *