बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो ।

अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्त पौडेल ज्यू उपस्थित हुनुहुन्थ्यो । प्रमुख अतिथि ज्युबाट पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको भएको थियो ।

साहित्यमय साँझको पहिलो चरण कार्यक्रम महासचिव सानु गुरुङले संचालन गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रम संस्थाकी सह-कोषाध्यक्ष अम्बिका याम्फु अनमोलले संचालन गरेका थिए । कार्यक्रमको सुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो । स्वागत मन्तव्य संस्थाका सचिव गणेश गौतम सागरले गर्नुभयो ।

साथै संस्थाको तर्फबाट सम्पूर्ण अतिथि ज्युहरुलाइ स्वागत गर्दै स्वागत मन्तब्य राखिदिन हुन् यसै सस्थाकी कार्यकारिणी सदस्य, नितू खतिवडा ज्यू ले स्वागत मन्तव्य दिनु भएको थियो ।

स्मारिका पुस्तक विमोचन कार्यक्रम का सभापति ज्यु प्रमुख अतिथि ज्यू,बिशेष अतिथि ज्यू यसै सस्थाका संरक्षक ज्यू,तथा सल्लाहकार ज्यू द्वारा अगाडी स्टेजमा आएर विमोचन गरिएको थियो भने संस्थाको तर्फ बाट संस्थाको गतिबिधि प्रस्तुत गर्दै संस्थागत मन्तब्य,आयोजक बरिस्ट उपाध्यक्ष दिपेन्द्र थापा ज्यूले गतिबिधि प्रस्टपार्नू भएको थियो ।

नयाँ कार्य समीति सस्थाको नियमित साप्ताहिक बैठक स्काइपीमा, संरक्षक सल्लाहकार ज्युहरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नयाँ कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक काजल घीमिरे नानुले नयाँकार्य समीतिको नामावालीहरु भन्नु भएको थियो । अध्यक्ष सावित्र लुईटेल घिमिरे ज्यु र प्रमुख अतीथि नेपाली दुतावास बाट पाल्नु भएका प्रथम सचिव हरिहर कान्त पौडेल ज्युले खादा र अविर लगाई स्वागत गर्नु भएको थियो ।

उक्त साहित्यिक कार्यक्रममा अन्य विभिन्न संघसस्था सङ्गठ,राजनीति सस्थाहरु र धार्मिक सस्थाहरु तथा सञ्चार माध्यमबाट पनि बाक्लो उपस्थिति रहेको थियो । उहाहरु बाट पनि शुभकामना मन्तव्य दिनू भएको थियो संघीया समाज फोरमका अध्यक्ष सुन्दर सिंह तामाड् ज्यू शुभकामना मन्तव्य -जनसम्पर्क समिति इजरायलका बरिस्ट उपसभापति श्री डम्मर गुरुङ ज्यु,शुभकामना मन्तव्य, नारीका लागी नारी एककरोड़ एक अक्षयकोष इज़रायलको अध्यक्ष नितु खतिवड, सल्लाहकार कृष्ण रायमाझी ज्यू, विस्व नेपाली साहित्य महासंघ केन्द्रको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका सह-सचिव सुनिता राई कन्दङवा ज्यू , शुभकामना,नेपाली प्रवासी मंच ने,क,पा,एमालेका बरिस्ठ उपाध्यक्ष,जय ओडारी ज्यू शुभकामना मन्तव्य – नमस्ते नेपाल हातेमाले सामाजिक संस्था,केन्द्रिय अध्यक्ष रामशरन बानिया ज्यू, शुभकामना मन्तव्य -सत्य साई सेन्टर इजरायलकी अध्यक्ष,नेहा गुरुङ ज्यूहरु बाट साथै अन्य साहित्य हस्तीहरु बाट पनि .शुभकामना दिनु भएको थियो।

इजरायलको बसाईलाइ बिट मार्दै स्वदेश फ़र्कनु हुने लामो समय देखी यस सस्थालाई आर्थिक भौतिक रुपमा साथ् सहयोग र योगदान गर्दै आउनुभएको कार्यकारिणी सदस्य रजनी शर्मा ज्यू,सुभद्रा घिमिरे ज्यूहरुलाई सम्मान सहित कदरपत्र पत्र दिएर विदाई गरिएको थियो । उक्त कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरु.शन्तोषी खड्का ,कल्पना चाम्लिडं राई, विमाला शर्मा ढुंगाना, रजनी शर्मा ,मुना सिंदेल , सानु खतिवडा ,तारा कट्टेल , भीमा थापा ,शान्ती राई’स्मृती’ ,निलम भूषाल ज्यूहरु बाट वाचन गरी सहित्यमय वातबरण भएको भियो ।

विश्व नेपाली साहित्य महासंघ केन्द्र बाट प्रतिनिधी स-सचिव सूनिता राइ ज्यू तथा प्रमुख अतिथि इजरायलका राजदुताबास बाट पाल्नु हुने प्रथम सचिव श्री हरिहर कान्त पौडेल ज्यू बाट कार्यक्रमको समिक्षा गर्दै प्रवासी भूमिमा रहेता पनी नेपाली साहित्य क्षेत्र लाइ संरक्षण र सम्बर्धन तथा बिकाश गर्दै साहित्य क्षेत्रलाई सशक्त रूपमा अघी बढिरहेको कुराहरु प्रस्ट पार्दै,आगामी दिनहरुमा पनि निरन्तरता बढी रहोस नव नियूक्त कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिनू भएको थियो ।

अन्त्यमा आयोजक सस्थाकी अध्यक्ष सावित्रा घिमिरे लुइँटेल बाट उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाका नयाँ क्रार्य समीतिको तालीका निम्न अनुसार छ…

नया कार्यसमितिका पदाधिकारी ज्यूहरुको नामवली …
अध्यक्ष: सानु गुरुडः
उपाध्यक्ष: गणेश गौतम “सागर”
महासचिव: अम्विका याम्फु “अनमोल”
सचिव: विमला शर्मा ढुगान
कोषाध्यक्ष: समा श्री
सह-कोषाध्यक्ष: शान्ता खबास

सदस्यहरु…
(१) मुना सिंदेल
(२) कल्पना चान्लिंग
(३) गोमा कार्की
(४) पवित्रा क्षेत्री
(५) सन्तोषी खड्का
(६) शान्ति स्मृति राइ
(७) आशा गुरुङ
(८) रेनुका थापा
(९) दुर्गा गुरुङ
(१०) डम्मर गुरुङ
(१२) अनिता राई
(१३) तुलास पाण्डे
(१४) वेद घिमीरे
(१५) तारा कट्टेल
16) सानु खतिवडा
17) भीमा थापा कार्की
18) निलम भुषाल

सल्लाहकार…
प्रमुख सल्लाहकार( दिपेन्द्र थापा
बरिस्ठ सल्लाहकार ( कृष्ण रायमाझी
सल्लाहकार (धर्म भण्डारी
सल्लाहकार (सावित्रा लुइँटेल घिमिरे
सल्लाहकार (आरोह श्रेष्ट
सल्लाहकार (नितू खतिवडा
संरक्षक (काजल घिमिरे नानु

Leave a Reply

Your email address will not be published. Required fields are marked *