मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ,
मास्को, २४ जुलाइ २०१६ (आइतवार) । हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३–नौं जन्मजयन्तीको उपलक्षमा मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूसमा रहेका नेपालीहरूको सवै सामाजिक सङ्घसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआइएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज) को समेत सक्रिय सहभागितामा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भव्य साहित्य समारोह सुसम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ, रूसका साथै विश्व नेपाली साहित्य महासंघ रूस शाखाका समेत महासचिव डा. मनमूर्ति भुर्तेलबाट आदिकविकृत ‘रामायण’ बाट उद्धृत श्लोकको लयपूर्ण प्रस्तुतिका साथै भानुभक्त आचार्यको तस्बीरमा पुष्पाञ्जली अर्पणका साथै साहित्य समारोहको शुभारम्भ गरियो ।

समारोह आयोजनाका संयोजक गणेश रामले कार्यक्रममा उपस्थित सबै सहभागी तथा पाहुनाहरूको हार्दिक स्वागत गर्नुभयो । समारोहका प्रमुख अतिथि रूसका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती इन्दिरा अर्याल गोहिवारले नेपालका आदिकविको मभनबारे संक्षेपमा प्रकाश पार्नुका साथै रूसमा बसोवास गरिरहेका नेपालीहरूले मास्कोको रमणीय पार्कमा जन्मजयन्ती मनाउने परम्परा कायम राख्दैआएकोमा हर्ष प्रकट गर्नुभयो ।

गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय महासचिव डा. बद्री के.सी.ले विश्वका ७३ देशमा रहेका नेपालीहरूले यस वर्ष पनि सक्रियतापूर्वक भानुजयन्ती मनाएको सूचित गर्नुभयो ।

एनआरएनए केन्द्रीय महिला संयोजक सपिला राजभण्डारीले हालै दोहामा मध्यपूर्वका देशहरूका प्रतिनिधिहरूद्वारा भाग लिइएको सम्मेलनको गतिविधि र महिला समस्याबारे प्रकाश पार्दै नेपालीहरूमा कभ्य संस्कारको प्रबर्धनमा यस किसिमको साहित्यिक कार्यक्रमको निकै गहकिलो प्रभाव पर्ने जनाउनुका साथै नेवारी रञ्जना लिपिलाई संयुक्त राष्ट्रसंघमा नेपालको लिपिको रूपमा मान्यता दिइएको उल्लेख गर्दै नेपालका अन्य जनजातिका भाषासाहित्यको विकासमा पनि ध्यान दिनु आवश्यक छ भन्ने सुझाउनुभयो ।

विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष एवं एनआरएनए केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमले यस संस्थाले आपूmलाई कविता लेख्न उत्प्रेरित गरेको चर्चा गर्दै साहित्यानुरागी नेपालीहरूको सहयोगबाट नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू प्रकाशन गर्न सकिएको र भविष्यमा पनि यो क्रम जारी राखिने जानकारी दिनुका साथै भानुजयन्ती कार्यक्रमको सफलतामा योगदान गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

नेपाल खेलकूद तथा संस्कृति समाजका उपाध्यक्ष रामेश्वर गौतमले भानुभक्त आचार्यलाई मोतीराम भट्टले आदिकविको संज्ञा दिएको दशौं वर्षपछि मात्र बल्ल राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ‘आदिकवि भने पनि हुन्छ’ भनी आधिकारिक मान्यता दिएको जनाउँदै हाल भानुभक्तको जन्ममिति, उनको विचार आदिको सन्दर्भमा विवाद उठिरहेको सन्दर्भ कोट्याउनुभयो । अन्य वक्ताहरूले पनि भानुभक्तको जीवन र कृतित्वको विभिन्न रोचक पक्षबारे प्रकाश पारेका थिए ।

रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले भारत र नेपालभन्दा बाहिर सबभन्दा पहिले रूसमा बसोवास गरिरहेका नेपालीहरूको प्रयासबाट रूसको कालुगा अञ्चलस्थित ‘नेपाली घर’ मा भानुभक्त आचार्यको सालिक स्थापना गरिएको स्मरण गराउँदै राजनीतिनिरपेक्ष संस्था भनेर राजनीति गर्ने प्रवृत्ति मान्य हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।

रूस–नेपाल सहयोग तथा मैत्री समाजको प्रतिनिधित्व गर्ने महिला अतिथि नेल्ली स्तेपानोभाले सन् १९७७ मा पहिलोपल्ट नेपालयात्राको समयदेखि नेपालीहरूसित व्यक्तिगत रूपमा परिचित भएको संस्मरण सुनाउँदै रूस–नेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा रूस र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ६० वर्षको सन्दर्भमा निकट भविष्यमै सम्पन्न हुन गइरहेको साहित्यिक साँझमा भाग लिन निम्त्याएकी थिइन् ।

रूसी भाषामा भानुभक्तप्रति समर्पित काव्यकी रचयिता रूसी कवयित्री ल्युदमिला आभ्देएभाले नेपालबारे रूसी भाषामा प्रकाशित पुस्तकहरूको अध्ययनबाट नेपाली साहित्यको परिचय पाइएको जनाउँदै भानुभक्त र पुश्किनको विषयमा यसै कार्यक्रमका लागि रचना गरिएको कविता पाठ गरेकी थिइन् । भानुभक्तप्रति समर्पित काव्यसहित हालै रूसी भाषामा प्रकाशित संग्रह उनलाई हस्तान्तरण गरिएको थियो ।

समारोह सञ्चालक डा. मनमूर्ति भुर्तेलले त्यसै दिनको पूर्वार्धमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समितिको निर्वाचन सम्पन्न भएको सूचना दिंदै नवनिर्वाचित निम्न पदाधिकारी तथा सदस्यहरूको नाम पढेर सुनााउनुभयो: अध्यक्ष गोविन्दप्रसाद गौतम, उपाध्यक्ष डिल्ली खरेल ‘सुमन’, महासचिव डा. मनमूर्ति भुर्तेल, सचिव इन्द्रप्रसाद भुसाल, कोषध्यक्ष गणेश रामदाम तथा सदस्यवृन्द कमला रावल पाण्डे, गोविन्दप्रसाद आचार्य, तिलक तिवारी ‘शम्भु’ र सुमन रिजाल ।

समारोहमा उपस्थित साहित्यानुरागी महानुभावहरूले ताली पिटेर नवनिर्वाचित कार्यकारिणी समितिको हार्दिक स्वागत गरेपछि समारोहको सभापतित्वकर्ता यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट नयाँ कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूलाई ‘…नेपालको वाङ्मयको प्रचार–प्रसार, प्रबर्धन र श्रीवृद्धिका लागि सक्रियतापूर्वक कार्य गर्ने…’ प्रतिबद्धता जनाइएको बेहोरा उच्चारण गर्दै सत्यनिष्ठापूर्वक शपथ ग्रहण गराइयो ।

अन्त्यमा सभापतिको समापन वक्तव्यमा आधुनिक नेपाली साहित्यिक भाषाका प्रवर्तक आदिकवि भानुभक्त आचार्यले अक्सर भन्ने गरिएभैंm संस्कृत भाषाबाट ‘रामायण’ को उल्था गरेको नभई त्यसको आधारमा मौलिक नेपाली ‘रामायण’ काव्य रचना गरेको प्रष्ट्याउँदै इन्डोनृशिया, कम्बोडिया र मःगोलियामा समेत ‘रामायण’ लेखिएको र अबधक्ष् भाषामा तुलसीकृत ‘रामायण’ र नेवारी भाषामा समेत सिद्धिदास अमात्यकृत ‘रामायण’ अस्तित्वमा रहेको सूचित गर्मै रूसी भाषामा ‘रामायण’ उपलब्ध भएको र एक ताका ‘रामायण’ नाटक समेत महिनौ चलेको तथ्यबारे प्रकाश पार्दै रूसमा गैरआवासीय नेपाली संघलगायत विभिन्न संस्थाहरूका प्रतिनिधिहरूसहित गठित ६१ सदस्यीय आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिको कार्यक्रमअनुसार विश्व नेपाली साहित्य महासंघको संयोजकत्वमा साहित्यानुरागी महानुभावहरूको सहयोगबाट रूसमा भानुभक्त आचार्यको आवक्ष–प्रतिमा स्थापनाका साथै विगत ३ वर्षभित्र नेपाली र रूसी भाषामा समेत ९ वटा पुस्तक प्रकाशित भइसकेको जानकारी दिंदै विश्वमै प्रथम भएर ‘लोकको गरूँ हित भनी’ शीर्षकमा आदिकविका फुटकर कविता र काव्याङ्शहरू समेत रूसी भाषामा प्रकाशमा ल्याइएको र रूसी भाषामा उनैको ‘भक्तमाला’ का साथै समारोहमा उपस्थित रूसी कवयित्री ल्युदमिला आभ्देएभाले भानुभक्तबारे रचना गरेको काव्यसहित ‘नेपाली वाङ्मयका भानु’ शीर्षकको हालै छापिएको पुस्तक काव्यकारलाई हस्तान्तरण गरिएको थियो ।

तत्पश्चात् यस वर्ष आफ्नो अध्ययन पूरा गरी चिकित्सक तथा इन्जिनियरको डिग्री प्राप्त गर्ने डा. प्रतिसरा मानन्धर, डा. प्रभा के.सी., डा. रमेश पौडेल, डा. उत्तम लामिछाने, डा. प्रमिल प्रधान, ई. सुकृत शाक्य तथा ई. आलिस दाहाललाई हार्दिक शुभकामनासहित टीका लगाइदिएर खादा ओढाई सम्मान गरियो ।

साहित्यिक कार्यक्रम अन्तर्गत नेपाली कार्यवाहक राजदूत श्रीमती इन्दिरा अर्याल, एनआरएनएका महासचिव डा. बद्री के.सी, रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, मास्को सडक निर्माण प्राविधिक विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रकाश पौड्याल तथा कृष्णप्रकाश श्रेष्ठसहितको परीक्षक दलले भाषा, भाव र वाचनको आधारमा भानु जन्मजयन्ती कविता प्रतियोगिता २०१६ का लागि प्राप्त कविताहरूको मूल्याङ्कन गरी निम्न परिणाम घोषणा गरेको थियो ः प्रथम – आचार्य कुशलकुमार निरौला, द्वितीय – कमला रावल पाण्डे र प्रोत्साहन पुरस्कार – भेरोनिका, मार्गारिता, आन्जेलिका र आन्तोन (रिजाल परिवार) तथा लाली आचार्य । अनि आशुकविता लेखन प्रतियोगितामा चाहिं मनोज गोहिवार प्रथम, कमला रावल पाण्डे द्वितीय र आचार्य कुशलकुमार निरौला तृतीय हुनुभयो ।

यसप्रकार ज्यादै रमाइलो साहित्यिक र सौहार्दपूर्ण वातावरणमा मास्कोको वनस्पतिउद्यानमा यस वर्ष भानुजयन्ती २०३ सम्पन्न भएको छ । मास्कोमा केही दिनदेखि वर्ष र आँधीबेरी आउने गरेको थियो, तर पनि रूसमा बसोवास गरिरहेका नेपालीहरूले प्रकृतिको काखमा चिरप्रतीक्षित ग्रीष्मऋतुको न्यानो वातावरणमा निर्विघ्न वनभोजको मजा लिंदै आफ्ना आदिकविको जन्मजयन्ती मनाउन पाऊन भन्ने प्रकृतिदेवीको पनि अनुकम्पा प्राप्त भएको थियो ।

फोटो सौजन्य: रामेश्वर गौतम
दिनाङ्क: २५ जुलाई २०१६,
मास्को, रूस महासंघ ।
Bhanu203banabhojraryakram

bhanu203banabholPratima

Bhanu203Banbhoj

Bhanu203Indira

Bhanu203karyakram

Bhanu203KaryakramPhoto

Bhanu203KavitaPratiyogita

Bhanu203KPS

Bhanu203Pramanpatra hastantaran

Bhanu203PratiyogitaVijeta

Bhanu203Sahityanuragiharu

Bhanu203SapilaRajbhandari

Bhanu203Snatak samman

Leave a Reply

Your email address will not be published. Required fields are marked *