साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

पर्वत । ३० मार्च २०१५,  विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ।

Govind prasad gautamरुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो ।

देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको रकम गौतमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयनाथ पौडेल र प्रधानाध्यापक इन्द्रप्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो । दलित, अल्पसंख्यक विद्यार्थीहरुले अध्ययन गर्दै आएको चन्दनी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति र आर्थिक सहयोग उपलव्ध गराउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको दाता गौतमले जानकारी दिनुभयो ।

गरिब र जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्न थोरै सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको भन्दै गौतमले यसले उनीहरुको पठनपाठनप्रति रुची बढेर जाने विश्वास व्यक्त गर्नुभयो ।

गौfalebasतमले आफूले माध्यामिक तहसम्मको शिक्षा आर्जन गरेको खानीगाउँस्थित भावानी विद्यापीठ उच्च माविलाई एक लाख सहयोग गर्नुभएको छ।

गौतमले भवानी विद्यापीठ उच्च माविमा संचालिन विज्ञान संकायका लागि सहयोग गर्नुभएको हो । शनिबार विद्यालयमा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद भुसाललाई गौतमले नगद हस्तान्तरण गर्नुभएको हो । गौतमले विद्यालयमा गत वर्ष विज्ञान संकायमा उत्कृष्ट अंक ल्याउने छात्रा साधना सापकोटालाई एक थान ट्याब्लेट र सात हजार नगदसमेत प्रदान गर्नुभएको थियो ।

गौतमले २०३८ सालमा यही विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरेर उच्च शिक्षा आर्जन गर्न रुसको राजधानी मस्को जानु भएको थियो । उहाँ हाल मस्कोमै व्यवसाय गरिरहनु भएको छ।

 

– फोटो: अध्यक्ष गौतमको जन्मस्थल पर्बत फलेवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *