विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ ।
GFNL-Myanmar
समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीप खराल (मोगोक), कोषाध्यक्ष देवेन्द्र रिजाल (माण्डले), निरिक्षक मोती गुरगाँई (याँगौ), र होमनाथ ढकाल (मिचिना) रहनु भएको छ भने सल्लाहकारहरुः बालकृष्ण रीजाल (मिचिना), खिम बहादुर बुडाथोकी (याँगौ), बिष्णु पंथी (याँगौ), दशरथ घिमिरे (टमू), हुताशन पोख्रेल (मोगोक) र ज्ञान बगाले (मोगोक) रहनु भएको छ । त्यस्तैगरि क्षेत्रिय सदस्य सचिवहरु क्रमशः प्रविणहरि प्रधान (याँगौ), श्रीमति कौशल्या खनाल (याँगौ), नारायण रीजाल (मिचिना), उषा पौडेल (मिचिना), भागवत दास बस्नेत (मोगोक), दधिराम रेग्मी (मोगोक), बासु काईराला (मोगोक), क्रान्ति खडका (मोगोक), राजन ज्ञावली (स्वेगु), पोयनाथ काफ्ले (स्वेगु), कुसुम गौतम (टमू), सुश्री बन्दना गौतम (टमु), अमित घिमिरे (टमु), जीवन दाहाल (माण्डले) र तिलकराम पोख्रेल (याँगौ) रहनु भएको छ । नवगठित समितिको संरचना म्यानमारको प्रचलन अनुसार निर्माण भएको छ । शाखा समितिको संरक्षक मण्डलमा म्यानमारको लागि नेपाली राजदुत (पारास घिमिरे), श्रीमति प्रविणा घिमिरे, ठाकुर प्रसाद गुरागाँई, महानन्द भट्टराई र टेकनारायण रीमाल रहनु भएको छ ।

पुस्तौपुस्ता देखि नेपाली पहिचान बोकेका लाखौ म्यानमार नागरिकहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउदै आएका छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय संजाल साहित्य महासङ्घको म्यानमार शाखा १७ औ मुलुकको २३ औ शाखा बनेको छ । केही हप्ता अघि मात्र अष्ट्रेलियामा पनि यसको शाखा बनेको थियो ।
GFNL-Myanmar2

GFNL-Myanmar3

4 thoughts on “विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

  1. धेरै धेरै धन्यवाद छ ।एक म्यामा (बर्माशाखा) लाई हजुर हरूले अंगमाल गरि स्वागतगर्नुभयाे याेसबै मिलाउँनुमा धेरै प्रयास र उत्साहदिनुहुने मान्य दाजु डा.श्री लेखनाथ काफ्लेज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।हामी जागे विश्व जाग्छ ।हामी राेये विश्व रून्छ भन्ने नाराझैं नेपाली साहित्यले विश्वभर मा बसाेवास गर्ने नेपाली हरूलाई जगाऊने उज्यालाे साहित्यकाे सत्यदिप सदा जलिरहनेछ भन्ने विश्वास राख्दछु ।नेपाली साहित्यकाे सेवामा सदा संलग्न दक्षतामै रहने छु ।
    भाषा साहित्य सेवक
    माेहनराज खनाल याँगाैं म्यान्मा
    बर्मा शाखा

  2. साहित्यकाे गाेरेटाेमा हिड्न सधैउत्साहदिने ।2011 बाट जुन उभिने बाटाे देखाउने परंमित्र युवा साहित्यका कृसुक्षेत्री यसै गरी साहित्यकाे सेवामा बर्मा शाखा खाेल्न धेरैप्रयास र प्राेत्साहन दिने परं आदरणिय दाजु डा‍.लेखनाथ काफ्लेज्यू यसशाखाकाे लागि प्रात स्मरणिय हुनुहुन्छ अन्तमा अध्यक्षलगायत सबै महानुभाव हरूमा हार्दिक धन्यवाद छ ।अब नजिकिदैं आयेकाे 2015 साल हजुरहरू सबैकाे मङ्गलमय आनन्द समय बिताेस भन्ने शुभकामना दिन चाहन्छु ।।
    माेहनराज खनाल
    म्यामा (बर्माशाखा)

  3. हिजाे विश्वनेपाली साहित्यका अध्यक्ष सित द्विशब्दबाेल्न माैकामिलेकामा डा.लेखनाथज्यूलगायत सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवादछ ।जुन प्रकारले साहित्यकाे गाेरृटाेमा हातेमालाे ले न्यानाेमाया दिने विश्वनेपाली एकैसूत्रमा उनिने बलियाे पुष्पमाला सुगन्दले विश्व मग्मगाउछ भन्ने धारणामा उभियेकाछाैं।।

  4. म्यामा (बर्मा शाखा खाेलेकाे एक बर्ष पुग्दैछ हाम्राे शाखा दिसम्बर 20;12;2015 कादिन केई साहित्य कार्यक्रम हरू राख्ने निधाे गरिएकाेछ ।बर्षभर यस शाखाकाे प्रगति देशभरमासाहित्य कार्यक्रमहरू गरियाे स्वेगू म्यामा कछिन स्टेटमा ।अध्यक्ष लक्ष्मढकाे टाेलीले टमू म्यामामा साहित्य कार्यक्रम भब्यरूपले मनाएकाे थियाे ।साथै माेहन खनाल का विर्सन नसकेका पल हरू साहित्य कविता पुस्तक विमाेचन हाईकू मेराे प्रतिबिम्ब नामकाे विमाेचन साथै खिमकाैशिकका उपन्यास पुस्तक हरू विमाेचन हरू भए ।हर समय मूल संघमा सम्पर्ग राखेर काम गरेकाछाैं ।श्री भानु जयन्तिकाे उपलक्ष्यमा साहित्य कार्यक्रम देश व्यापि शाखा हरूमा सम्मिलित भएर मनाईयाे भने श्री विपी काेईरालाकाे शताब्धिःकाे उपलक्ष्यमा 50 औं अंक धर्माेदय पत्रीका प्रकाशन भयाे । साथै ज्याेती पत्रीका पनि प्रकासित भयाे ।हर समय बर्मा शाखाले साहित्य पथमा टेकेर कार्य गरि रहेकाे जानकारीका साथ हालै म्यामा प्रतिनिधि गजल संग्रह पुस्तिका निकाल्न यहाँकाे अखिल म्यामा देशीय गाेर्खा हिन्दू धार्मिक संग काे साथमा सम्पादक वि.ने.सा.म.सं का अध्यक्ष लक्ष्मण नेउपाने नियुक्ति हुनु भएकाेछ ।र सबैमा आउँदाे २०१६ ई.वर्षकाे नयाँ दिन हरूमा नयाँ उमङ्ग हरूले हर्षमय जीवन विताेस भन्ने हार्दिक मङ्गलमय शुभकामना ।
    धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *