प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

रोशन मेवाहाङ, फोक्सटन, बेलायत,
गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरेको थियो ।

उक्त कार्यक्रममा मशासङ्घका अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथा कलाकार भिस्मा चेम्जोङ, आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बु, सेवारो कला सङ्घका अध्यक्ष काजिमान लिम्बु, कथाकार विजय हितान, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, साथै सगरमाथा नेपलिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बु लगायत विभिन्न सघंसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिती रहेका थियो ।

धनकुटा सेवा समाजका अध्यक्ष धन लिम्बुको स्वागत मन्तव्य संगै परिचयात्मक कार्यक्रम र सिर्जना वाचन कार्यक्रम रहेको थियो । सो कार्यक्रममा विजय हितान, काजीमान यक्सो, सुरेन्द्र ईङ्नाम, घन थापा, श्री लिम्बु, विश्वासदिप तिगेला लगायतले सिर्जनाहरु वाचन गरिएका थिए ।

उक्त कार्यक्रममा आदिबासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद लिम्बुले प्रोफेसर तुलसी दिवसको बारेमा बोल्दै वहाले पिछडिएका आदिवासी जनजातीहरुको मौलिक सँस्कृतिलाई जोगाउनको निम्ति पहल गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्नुभयो । मन्तब्यकै क्रममा सेवारो कलाकार सङ्घका अध्यक्ष काजीमान यक्सो, किरात याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष डम्बर सिङ्गक, केन्टबरी सेवा समाजका अध्यक्ष घन थापा, आसफोर्ड कम्युनिटीका अध्यक्ष श्री लिम्बु लगायतले बोल्नु भएको थियो ।

सबै भन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बन्न सफल लोकसाहित्य समाजका अध्यक्ष साथै कुनै समयमा चर्चित लोक भाकाका गित “कान्छि मट्याङ्गट्याङ्ग, रिटिङ्ग रिटिङ्ग नबजाउ बिनायो” जस्ता नेपाली लोक संस्कृतिबाट चर्चा शिखर साहित्यकार दिवसले आफ्नो मन्तब्यमा “देश बाहिर रहेपनि यसरी नेपाली साहित्य, सँस्कृतिलाई मायाँ गरिरहनु भएको छ । पछिल्लो समयमा लाहुरे समुदायबाट नेपाली साहित्य जगतमा निकै राम्रो कृतिहरु प्रकाशन गरिरहनु भएको छ । यथार्तमा साहित्य, गीत, निबन्ध, यात्रा सस्मरणहरु लाहुरे श्रष्टाहरुले आफुले देखेका, भोगेकाहरुलाई समेटेर लेख्ने गर्नु भएकोले यस्लाई वास्तविक साहित्य म भन्दछु” ।

सोहि अवसरमा डायस्पोरिक नेपाली साहित्यबाट समृद्ध नेपाल हुने कतिको सम्भावना छ भन्ने प्रश्नको उत्तर कबि दिवसको उत्तर यस्तो थियो । अबको समय कुनै निश्चित भौगोलीक परिधि भित्र मात्र सिमित हुने समय हैन अबको समय विश्व नै एउटा गाउ जस्तै भैसकेको अवस्थामा अझै प्रविधिले मान्छेहरुलाई अत्यन्तै घनिष्ट रुपमा ल्याइसक्यो । यस अर्थमा यसै बेला नेपालीहरु एक भएर विश्व क्षेत्रको प्रतिनिधित्व गरेर विश्व व्यापिकरण रुपमा अगाडि बड्ने बेला र समय आईसकेको जानकारी दिदै अब नेपाली कवितालाई केवल नेपालमा मात्र टासेर राख्ने बेला गईसक्यो, नेपाली कवितालाई अनुवाद गरेर भएपनि अन्तराष्ट्रिय मंन्च सम्म लैजानका निम्ती सम्पूर्ण पत्र पत्रिका साथै पत्रकार साथिहरुबाट सहयोगको अपेक्षा राख्नु भयो ।

अन्त्यमा, उक्त कार्यक्रमको सभापति अध्यक्ष विश्वासदिप तिगेलाले प्रोफेसर तुलसी दिवसलाई छोटो समयमा निमन्त्रणा गरे पनि समय मिलाएर विषेश उपस्थिति भईदिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नुहुदै अन्य उपस्थित सबैलाई निमन्त्रणालाई स्वीकारी उपस्थित जनाएर यस कार्यक्रमलाई सफल बनाईदिनु भएकोमा मुरी मुरी धन्यवाद दिदै कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्नु भएको थियो । करिब ३ घण्टा लामो सो कार्यक्रमलाई गीतकार सुरेन्द्र इङ्नामले सञ्चालन गर्नुभएको थियो ।

GFNL UK

GFNL UK14

GFNL UK14a

GFNL UK14b

GFNL UK14c

GFNL UK14d

GFNL UK14e

GFNL UK14f

Leave a Reply

Your email address will not be published. Required fields are marked *