वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

लण्डन, मे २०१४ । वेलायतका चर्चित नेपाली कवी केदार सुनुवार संकेतको एकल सिर्जना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ ।

विश्व नेपाली साहित्य महासङ्घ वेलायत शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि संकेतले उनका प्रारम्भिक, माध्यमिक र वर्तमान चरणका ३ दर्जन रोचक कविताहरु बाचन गर्नुभएको थियो । साउथ लण्डनको मन्टिज रेष्टुरेष्टमा आयोजित कार्यक्रममा वेलायतका विभिन्न स्थानबाट स्रष्टाहरु जम्मा भएका थिए । कार्यक्रमको प्रारम्भमा कवि संकेतलाई कार्यक्रमका सभापति तथा साहित्य महासङ्घ युकेका अध्यक्ष समिप जर्जर हाँङवाङले टोपी र खदा लगाई दिएका थिए भने सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुनले सबैलाई स्वागत गरि वाचन कार्यक्रमको औपचारिक शुरुवात भएको थियो ।

सिर्जना वाचनको समापनमा कवि संकेतलाई साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाले कदरपत्र प्रदान गर्दै, साहित्य महासङ्घले विश्वभरका साहित्यकार तथा साहित्यिक संस्थाहरुलाई एकै संजालमा जोड्नको लागि अनवरत काम गर्दै आएको कुरा बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु सुरेसजङ्ग शाह, हरि थापा, कोमल मल्ल, गोपीकृष्ण प्रसाई, याम सुनुवार, बलदेव भट्ट, नारायण गाँउले, दधिबन्धु घर्तिमगर लगायतले सिर्जना वाचन सहित मन्तब्य राख्नु भएको थियो ।
gfnl1

gfnl2

gfnl3

gfnl4

gfnl5

gfnl6

One thought on “वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

  1. Dear President GFNL, team members and Poet Sanket bhai,

    It is a very good news to lay a brick further on GFNL.

    Well done to all.

    ANKALA

Leave a Reply

Your email address will not be published. Required fields are marked *