अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

तोयानाथ उपेक्षित, कुवेत,
विश्व साहित्य महासङ्घ कुवेत शाखाको बैठकले कामको खोजीमा सल्यानबाट राजधानी गएकी ७२ बर्षिया बृद्धा बेल कुमारी पुनलाई नेपाली ४० हजार सहयोग राशी पठाउने निर्णय गरेको छ ।
Kuwait
यसरी नै दुवइमा मृत्यु दण्ड सुनाईएका संखुवासभा मच्छपोखरी घर भएका अनिस खालिङको जीवन रक्षार्थ कुवेतमा गठित अनिस बचाउ अभियान समितीमा सँघको तर्फबाट ५१ केडी अर्थात नेपाली १८ हजार दिने निर्णय गरेको छ ।

तीन महिना पहिले अमित राईको अध्यक्षतामा गठित महासङ्घले आजैबाट बचत कोष समेत संञ्चालन गर्ने निर्णय गरेको छ । उक्त संस्थामा ४१ जना सदस्य छन । कामलाई चुस्त ढंगले सम्पन्न गर्न आजै एक नौ सदस्यीय परिषद समेत निर्माण गरेको छ । अध्यक्ष संयोजक रहेको परिषदमा महेश श्रेष्ठ, योगेन्द्र पौडेल, कृष्ण तामाङ, रानाध्वज लामा, चुडाराज भट्टराई, हर्क बहादुर मोक्तान, राज कुमार राई र हरि लिम्बु सदस्य छन ।

बैठकले कोसेली न्युज का प्रधान सम्पादक तोयानाथ दाहाल र अनेसास कुवेतका अध्यक्ष राजन रिमाललाई सल्लाहकारमा मनोनयन गरेको जनाएको छ ।

माघ २० गते कान्तिपुर दैनिकमा काम खोज्दै ७२ बर्षिया आमै शिर्षकको समाचार पढेपछि महासँघको ध्यान बृद्धाको सहयोगका लागि गएको उपस्थित सदस्यहरुले भने । श्रीमानको मृत्यु भएको र साथमा अपाङ्ग छोरा पाल्न बृद्धा आफै काम गर्न भारत समेत गएर काम गरेको कान्तिपुरले छापेको थियो । अहिले काठमाण्डौको ईटा कारखानामा काम गर्न जान सल्यान छाडेकी आँखा समेत भित्र पसेकी ती बृद्धालाई समाजले हेरचार गर्नपर्छ भन्दै महासङ्घका अध्यक्ष अमितले बैठकमा प्रस्ताब गर्दा उक्त रकम संकलन भएको हो । संकलित ११८ केडी ले उनलाई जीवन त दिन सक्दैन तर संदेश राम्रो दिन्छ अध्यक्ष राईले भने ।

त्यसैगरि विश्व साहित्य महासङ्घ कुवेत शाखाले नयाँ बर्ष २०७१ को शुरुवातमा नै आउने गरी भित्ते नेपाली पात्रो प्रकाशन गर्ने र बैशाख भरीमा अर्धबार्षिक साहित्यीक पुस्तिका प्रकाशन गर्ने निर्णय गरयो साथै साहित्यीक गोष्ठि पनि गर्ने निर्णय गरेको छ ।

महासङ्घको बैठक आज अपरान्ह २ बजे मालिया स्थित चौतारी रेष्टुरेन्टमा बसेको थियो।

One thought on “अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

  1. thankyou sahittya mahasang kuwait ka sahayogi hatharulai.

Leave a Reply

Your email address will not be published. Required fields are marked *