Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

(जसलाई केहीदिन अघि मात्र Facebook हेरेको अभियोगमा सिरियाको अदालतले ढुङ्गाले हानेर मार्ने आदेश दियो । अदालतको आदेश अनुसार ढुङ्गा हानेर मारियो । उनी २० बर्षकी मात्र थिइन् ।)
Fatoum Al-Jassem

कविता

धर्मको नाममा ढुङ्गा ओढेर बस्नेहरू
विस्वासको नाममा ओडार युगमा बाँच्नेहरू
यो विश्वको उज्यालो देखेका छैनौ
म तिमीहरू विरुद्धमा रातो कलमले कविता लेखिरहेको छु
जतिखेर मैले Fatoum Al-Jassem विभत्स हत्या देखें
तिमीहरूको अदालतले सुनाएको ढुङ्गाको सजाय सुने
मेरा रौँ जुर्मुराएर ठाडा भए
Desh subbaमुटु उफ्रेर भकभक छेलो हान्न थाल्यो
आँखामा घुम्यो एउटा क्रोधी चील
क्रुरताको पनि सीमा हुन्छ, अन्यायको पनि हद हुन्छ
तिमीहरूले ती सबै भत्काएका छौ र
विश्वको खुला आकाशलाई चुनौति दिएका छौ
छेक्न सक्दैनौ प्रकाशलाई सानो काँडाको बार लगाएर
त्यो बारले तिमीहरूको समय छेेकेको छ, प्रकाश छेकेको छ
ती निर्दोष अबलाको रगताम्मे शरीर हेरेर
को जम्न सक्छ हिँउ
यो घनघोर अपराधको सजाय
तिमीहरूको र्इश्वरले तिमीहरूको आँगन पडकाएर दिनेछ
तिमीहरू मान्छेको रूपमा दयाहीन राक्षस हौ
कुनै पनि पवित्र ग्रन्थमा राक्षस अमर भएका छैनन्
न म कुनै र्इश्वर भक्त हुँ, न कुनै राक्षस पक्षधर
म मान्छेको अधिकार र स्वतन्त्रताको हिमायती हुँ

मैले हेर्न सकिनँ प्रिय Fatoum Al-Jassem को क्षतविक्षत शरीर
म सहन सक्दिनँ न्यायलाई अन्यायले भाला रोपेको
Facebook हेरेको निहुँमा हत्या गर्ने हत्यारा अदालत
हत्यारा नागरिक
तिमीहरूको अन्त्य आइसकेको छ
एकाइसौं शताब्दीको किरणमा
तिमीहरू जस्तो अँध्यारोको नाश हुनैपर्छ
तिमीहरू यस समयका कालरात्री हौ

मेरो समयले छुट दिदैन क्रुरतालाई
मेरो समयले छेक्दैन कसैको स्वतन्त्रतालाई
स्वतन्त्रताका सिपाहीहरू
बढाउ कदम Fatoum Al-Jassem को कदममा कदम मिलाएर
भत्काउ ती धर्मभिरुहरूको अतिवादी सिंहासन
आउँदो समयको न्यानो अङ्गालोमा
बर्जित हुनैपर्छ अतिवादी प्रवेश र
बाँच्न पाउनुपर्छ Fatoum Al-Jassem हरूले
यो कुनै मुल्लाहरूको ठेक्कामा परेको देश होइन
यहाँ कुनै धार्मिक विस्वासको कुनाममा
निर्दोषहरूलाई ढुङ्गाको निशाना ताकेर बलि चढाउन पाइन्दैन
म ती ड्राकुला आत्माहरूका, म ती नरभक्षी र्इश्वरहरूका
रातो कलमको तागतले दाँत झार्न चाहन्छु र बताउन चाहन्छु
शरीर फुटेको कति पीडादायक हुन्छ, आत्मा रोएको कति असहाय हुन्छ
अर्काको मुलायम शरीरका ठेकेदारहरू
तिमीहरूको शरीरमा ढुङ्गा वषिर्न्दा कस्तो हुन्छ
तिमीहरूको आत्मामा छुरीले रोपेर खुर्सानी दल्दा कस्तो हुन्छ
त्यही चिहानमा तिमीहरू तडपिने छौ
त्यही नरकमा जीवनको भिख माग्नेछौ

धिक्कार्छ पुरुष कलङ्कहरूलाई, अन्धविस्वासलाई सिरानीमा राखेर
निर्धक्कसँग वर्षाए ढुङ्गा र धुजा धुजा पारे
Fatoum Al-Jassem को सुन्दर शरीरलाई
उनले Facebook हेरेर तिमीहरूको धर्मलाई चुनौति दिइन् कि अपमान गरिन्
ती कायर हुन् जसले हात बाँधेकी फूलजस्ती कलिलो अनुहारमा
निर्दयीताको ढुङ्गा वर्षाए र पिटे कुरुप ढोंङ
विस्तारवादीको प्रतिकार गर्ने कमजोर बहानामा
आफ्नै अनुहारमा लोप्पा खुवाए
सक्ने बहादुरले अबलाको स्वतन्त्रतामा ढुङ्गा हान्दैन
बरु हान्छ परमाणु बम वैरीको अनुहारमा
ढुङ्गा हान्ने कायरहरूले पुरुषार्थ निहुराएको छ
यस्तो शिर लिएर हिँड्नुभन्दा मुर्कुट्टा घाँटी जाती
धिक्कार छ पुरुष अनुहार बोकेका कायरहरू
धिक्कार्छ तिमीहरूको अदालत, जसले अन्यायको फैसला गर्‍यो

मैले लेखिसकें समयको आव्हान रातो कलमले
चलाउने छन्, तिमीहरूको घरभित्र पनि रातो कलम धेरै ‘म’हरूले
अनुशासनको कुनै मापदण्ड हुन्छ, कर्तव्यको कुनै कर्म हुन्छ
तिमीहरू स्वतन्त्रतालाई कुल्चेर ढोंगहरूले
कर्तव्यलाई बिर्सेर अहम् हरूले
केवल पर्दाभित्र बाँचेका छौ
केवल नाटकमा हाँसेका छौ
तिमीहरूको नाटक सकिन लाग्यो, पर्दा उघ्रिन लाग्यो
अब तिमीहरूलाई देख्नेछ संसारले र
निरङ्कुश, अतिवादी नाटकको निमित्त ढुङ्गा बर्साउने छन्
तिमीहरूले वर्षाएको एक एक ढुङ्गा, अक्षर बौरिने छन् र
तिमीहरूको समाधीमाथि सदाको निमित्त नखुल्ने टाँचा मार्नेछन्

प्रिय Fatoum Al-Jassem तिम्रो मृत्यु खेर जाने छैन
तिम्रो उड्दै गरेको स्वतन्त्रता हामीले हेरेका छौ
तिमीले इच्छालाई जिउँदो बनाएर बाँच्यौ र
सहासी मृत्यु संसारको आँगनमा छोडेर मर्‍यौ
तिम्रो मृत्युले भत्काउनेछ पर्खालहरू
तिमीलाई मेरो श्रद्धाञ्जली छ, तिमीलाई मेरो समयको सलाम छ ।

Fatoum-Al-Jassem-1

One thought on “Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

  1. she is innocent girls in this modern period she had not to be punished by the law but they were very uneducated in the world still they are at period of junle………

Leave a Reply

Your email address will not be published. Required fields are marked *