नयाँ शाखा, नयाँ पार्षदहरुलाई अनुमोदन गर्दै, श्रेष्ठलाई सल्लाहकार नियुक्त

ब्रुनाई, गत २८ जुलाई २०१३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको मासिक इबैठक सम्पन्न भयो ।

विश्वभरका विभिन्न ठाँउमा सम्पन्न महासङ्घको चौथो स्थापना दिवस, २०० औं भानु जयन्ति तथा इपत्रिका मुलबाटोको समिक्षा गर्दै भर्खरै निर्माण भएको सिंगापुर शाखा, इजरायल शाखाकी प्रतिनिधि पार्षद यासिन राई, क्यानडा शाखाकी प्रतिनिधि पार्षद सपना गौतमलाई अनुमोदन गर्यो । रसियामा रहनु भएका बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई पुनः सल्लाहकारमा नियुक्त गरियो । बैठकमा उपस्थिती सल्लाहकार श्रेष्ठले आफूले यथासक्दो सहयोग र सल्लाह दिने बचनबद्धता जनाउनु भयो ।

विभिन्न मुलुकमा गठन भई निष्क्रिय अवस्थामा रहेका शाखाहरुलाई सक्रिय बनाउने तथा नयाँ नेतृत्व निर्माण गर्ने लक्ष्य अनुरुप नेपाल शाखालाई विधिवत विगठन गरयो । विघटित शाखाका पूर्व अध्यक्ष उषा शेरचनले आफूले सक्ने सहयोग निरन्तर जारी राख्ने बताउनुभयो । महासङ्घले आगामी अक्टोबरमा आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनलाई केन्द्रविन्दु बनाई चाडै नेपाल शाखा निर्माण हुने भएको छ ।

साहित्य सम्मेलनको लागि विभिन्न समिति निर्माणार्थ र प्रिन्ट पत्रिका प्रकाशनार्थ विस्तृत छलफल गर्न सम्पूर्ण पदाधिकारी, सदस्य तथा प्रतिनिधि पार्षदहरुको उपस्थितीमा यहि अगष्ट १ तारिखका दिन बैठक बस्ने निर्णय गरयो ।

महासचिव समदर्शि काँइलाले संचालन गर्नुभएको बैठकको सभापतित्व अध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो ।