(कबिता)
बैशले रङिएको दिवा सपनाहरू
निर्लज मरुभुमिमा त्रहिम – त्रहिम काकाकुल जस्तै
प्यासी बनेर ।
बियोगको आस्थामा निश्चल मायाको पोका पतुराहरू ,
एउटा डयास भित्र बाची रहेछ ।
बैइमानीको समयले ,
बैइमानीको बाध्यताले , बहकाएर ,
चुडालिएको चङ्गा जस्तै ,
सातकोश टाढा – टाढा पुरयाएको छ ।
नाता रगतले जोडिएको सम्बन्ध फरक भए पछि ,
एउटा भावनाले जोडिएको सम्बन्ध फरक भए पछि ,
चोइटिएको पथर जस्तै ,
एउटा वस्तीको कुनामा ,
अनि एउटा नदिको किनारमा
सम्रिद्ध स्मृतिहरू ……….,
आँशु संगै हाँसी रहेछ् ।
मोरङ नेपाल
मिति २०६९ असोज २९ गते